जेठ ०५ धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अत्तरिया देखि धनगढी सम्म मोटरसाइकल –याली निकालेको छ । देशभरका महानगर, उप–महानगरपालिकामा ¥र्याली निकाल्ने केन्द्रिय कार्यक्रम अन्तरग अत्तरिया देखि धनगढी सम्म –याली निकालिएको हो । अत्तरिया चोकबाट सुरु भएको ¥याली धनगढीमा पुगेर कोष सभामा परिणत भएको थियो ।
राप्रपा सुदूरपश्चिम प्रदेश समिति कोषाध्यक्ष डिल्ली राज अवस्थीले देशको अवस्था बदल्न, व्यवस्था बदल्न राप्रपाले ¥याली निकालेको बताए ।
उनले देशका आम जनता देशको व्यवस्था प्रति आहात भएकाले अहिलेको व्यवस्था बदल्न जनता सडकमा आएको बताए । जनता अब आहात भइसकेको बताउदै उनले देशले परिवर्तन खोजेको बताए । देशले यो व्यवस्था धरासायी भयो भनेर व्यवस्था बदल्न खोजेको उनल बताए ।
संघियता खारेजी गर्नुपर्छ भनेर आवाज उठेको बताउदै उनले देशभित्रका व्यथिती चिर्नको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएको बताए । राप्रपा सुदूरपश्चिम प्रदेश समिति सदस्य दुर्गा दत्त पन्तले अहिले राज्यले गरेका गतिविधिहरुको बारेमा सजक गराउन र, आम नागरिकलाई देशमा भइरहेको विकृति, विसंगती र अराजकता चिर्न ¥याली निकालिएको बताए । उनले हिन्दु राष्ट्र, राजसस्था पुर्नस्थापना, भष्ट्राचार नियन्त्रण नभए सम्म राप्रपाका आन्दोलनका कार्यक्रम यथावत रहने बताए ।