"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

दैजी–जोगबुडा सडकको बजेट फ्रिज हुँदै

Khabar Raftar

जेठ ०५ कञ्चनपुर । २०४२ साल देखि निर्माण सुरु गरेर सुस्त गतिमा काम भइरहको कञ्चनपुरको दैजी र डडेल्धुराको जोगबुडा जोड्ने सडकखण्ड निर्माणका लागि विनियोजन गरिएको ३० करोड बजेट ‘फ्रिज’ हुने अवस्था आएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत उक्त सडक खण्डका लागि बजेट विनियोजन गरे पनि हालसम्म ठेक्का आह्वानको प्रक्रिया समेत शुरु नभए पछि ३० करोड बजेट ‘फ्रिज’ हुने अवस्था आएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उक्त सडक खण्डमा प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट ठेक्का सम्झौता जारी भएकाले पूरक ठेक्का आह्वान गर्न नसकिने अवस्था हुँदा बजेट फ्रिज जाने सडक विभाग कार्यालय डोटीका सूचना अधिकारी रामचन्द्र जोशीले जानकारी गराए । उनले चालु आर्थिक वर्षमा ३० करोड बजेट विनियोजन गरिएको बताउदै प्रदेशको ठेक्का पहिल्यै देखि कायम रहेकाले पूरक ठेक्का आह्वान गर्न नसकेको बताए । साइट प्याक भएकाले हाम्रो तर्फबाट बजेट फ्रिज भएको विवरण पठाउउने उनले जानकारी गराए ।

अरु योजनामा रकमान्तर गर्ने विषय सम्बन्धित मन्त्रालयकै हातमा हुने बताउदै उनले सुदूरपश्चिमका सात वटा पहाडी जिल्ला जोड्न भीमदत्त राजमार्गको विकल्प मानिएको दैजी–जोगबुडा सडकखण्ड अन्तर्गत दुई खण्डमा निर्माण जारी रहेको छ । २०७४ सालमा दुई खण्डमा ठेक्का आह्वान गरेर काम भइरहेको बताईएको छ । तर अहिले दुवै खण्ड अलपत्र रहेको बताईन्छ । दैजी–लिपना खण्डमा १३ किलोमिटर सडकमा नार्गाजुन कन्स्ट्रक्सनले २१ करोड रुपैयाँमा निर्माणको जिम्मेवारी पाए पनि काम कछुवा गतिमा काम भई रहेको छ ।

आठ किलोमिटर सडक कालोपत्र भए पनि केही वर्षअघि पहिरोले सडकसँगै नाली, तारजाली पछि अहिले बजेट अभावमा काम सुस्त गतीमा भई रहेको छ । जोगबुडा–लिपना खण्डको अवस्था पनि उस्तै रहेको छ । २०७४ सालमै राजेन्द्र शर्मा जेभीसँग २१ करोड ३६ लाखमा २०७७ सालमै काम गर्नेगरी ठेक्का सम्झौता भएको भए पनि दोस्रोपटक थपिएको म्याद गत वर्ष असारमै सकिएर २०८२ असार मसान्त सम्म तेस्रोपटक म्याद थप भएको छ ।

भर्खरै

कैलालीमा किशोरीलाई करणी गरेको आरोपमा दुई जना पक्राउ
कृषीलाई आधुनीक रुपमा विकास गरौ
स्थानीय तह उपनिर्वाचनका लागी २६ वटा दलले दर्ताका लागि निवेदन दिए
सडक कालोपत्रको माग गर्दै गोदावरी नगरपालिका घेराउ
आर्थिक अभावमा बैतडीको हिराको उपचारमा समस्या
बाजुराको जगन्नाथमा निर्मीत १० शैप्या अस्पतालको पूर्व परराष्टमन्त्री ज्ञवालीद्वारा उद्धघाटन गरिने
भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने
बैतडीका बजारपिच्छे म्याद नाघेका सामग्री
नव निर्मित मन्दिरको नगर प्रमुख भट्टद्वारा उद्घाटन
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

धेरै कमेन्ट गरिएको

कैलालीमा किशोरीलाई करणी गरेको आरोपमा दुई जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

balatkar

कैलालीमा किशोरीलाई करणी गरेको आरोपमा दुई जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

कृषीलाई आधुनीक रुपमा विकास गरौ

nirbacahn

स्थानीय तह उपनिर्वाचनका लागी २६ वटा दलले दर्ताका लागि निवेदन दिए

godawri

सडक कालोपत्रको माग गर्दै गोदावरी नगरपालिका घेराउ

hira

आर्थिक अभावमा बैतडीको हिराको उपचारमा समस्या

jaganath-hospital239_Facebook

बाजुराको जगन्नाथमा निर्मीत १० शैप्या अस्पतालको पूर्व परराष्टमन्त्री ज्ञवालीद्वारा उद्धघाटन गरिने

1692008068-9nCY8

भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने

Khadya-1727925708

बैतडीका बजारपिच्छे म्याद नाघेका सामग्री