जेठ ०५ कञ्चनपुर । कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर–५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलौरीले बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा शुक्रवार
उनलाई पक्राउ गरेको जानकारी गराएको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
Post Views: 68