गर्मी समय बढ्दै गएको छ । गमीको समय बढ्दै गए पछि विभिन्न खालका विरामीहरुको संख्या पनि बढ्दै गएको छ । अस्पतालमा यो समयमा विरामीहरुले उपचारका लागी बेड समेत नपाउने अबश्था आउने गरेका छन । बेडको अभावमा विरामीहरुले उपचारमा सास्ती खेप्नु पर्ने अबश्थाहरु पनि छन । त्यसैले अस्पतालमा उपचारलाइ हज बनाउन र प्रभावकारी उपचारका लागी अस्पतालको ब्याबश्थापनमा ध्यान दिन जरुरी छ । खोप तथा औषधीको उचित प्रबन्ध मीलाउन जरुरी छ ।
सरकारले नीति तथा कार्यक्रममै स्वास्थ्य क्षेत्रका विषयमा धेरै कुरा समेटिनु आवश्यक छ । नीति तथा कार्यक्रम्मा समेटिएका कुराहरु प्रमुख प्राथमिकताका साथ लागु गर्न पनि जरुरी छ । त्यसैगरी स्वास्थ्य बिमालाई पनि प्रभावकारी बनाउन औषधीलाई सहज रुपमा उपलब्ध गराउन जरुरी छ । नीतिमा उल्लेख भएका सबै विषयलाई बजेटमा समावेश गरी व्यवहारमा कानर्यान्वयन गर्न सके समस्याको सहज समाधान गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ ।
गरिब तथा विपन्न बर्गसमुदायको पहिचान गरेर स्थानीय तहमार्फत निःशुल्क बिमा, निःशुल्क उपचारको ब्याबश्था गर्न जरुरी छ । हरेक अस्पतालमा असहाय तथा गरिब तथा निमुखा बिरामीहरुलाई स्थानीय निकायको सिफारिसको आधारमा निःशुल्क उपचार गर्ने भनिए पनि व्यवहारमा लागु नभएकाले त्यसलाई ब्याबहारमा उतार्न जरुरी छ । सरकारका नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सरकार प्रतिको घटुदो जनविश्वासलाई कायम गर्न कार्यान्वयनमा जोड दिन जरुरी छ ।
त्यसैगरी सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई पनि प्रभवकारी बनाउन जरुरी छ । सरकारले नागरिकलाई विश्वस्त बनाउन नीति तथा कार्यक्रमको कार्यान्वयन भए÷नभएको अनुगमन तथा मूल्यांकन गरी सहज सेवा लिने वातावरण बनाउन जरुरी छ । देशभरका सरकारी, गैरसरकारी लगायत सबै स्वास्थ्य क्षेत्रलाई उपचारमा प्रभावकारी बनाउन जरुरी छ ।
स्वाश्थ्य नै धन भएकाले यसमा खेल्बाड गर्ने छुट कसैलाई दिनु हुदैन । सबै क्षेत्रका स्वास्थ्य संस्थाहरुबाट विरामीले भरपर्दो र प्रभावकारी उपचार सेवा पाउने गरी सरकारी निती बनाउन जरुरी छ । स्वाश्थ्य सेवालाई प्रभावकारी बनाउन जरुरी छ ।