जेठ ०३ धनगढी । सहजपुर–बोगटान सडकको डोटी क्षेत्रमा थप २१ किलोमिटर सडक कालोपत्र गर्न वातावरणीय प्रभाव मूल्याङकनको फाइल स्वीकृतिका लागि केन्द्रमा पुगेको छ । बोगटान सम्म ५० किलोमिटर सडकमा शिवनगर बाहेकको क्षेत्रमा कालोपत्रको काम पुरा भएर थप २१ किलोमिटर क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङकनको फाइल स्वीकृतिका लागि केन्द्रमा पुगेको हो । डोटीको बडिकेदार गाउँपालिका क्षेत्रमा पर्ने उक्त सडक कालोपत्रका लागि वातावरणीय प्रभाव मूल्याङकनको काम सकेर स्वीकृतिका लागि फाइल विभागमा पुगेको हो ।
सहजपुर–बोगटान सडक योजना कार्यालयका प्रमुख पारसमणि हमालले डिपीआर र इआइएको काम पूरा भएको बताए । उनले डिपीआर गरिएको बताउदै इआइएको काम पनि सकिएको तर, स्वीकृत नभएको जानकारी गराए । स्वीकृतिका लागि फाइल मन्त्रालय पुगेको जानकारी गराउदै उनले फाईल स्वीकृत भएपछि डकुमेन्ट पूरा हुने बताए । फाईल स्वीकृत भएपछि भारतको एक्जिप्ट बैँकले ठेक्काका लागि स्वीकृत दिने त्यसपछि ठेक्कामा जाने उनले बताए ।
सहजपुर–बोगटान सडकको शिवनगर क्षेत्रमा जग्गा बिवादका कारण कालोपत्र हुन नसकेको बताउदै उनले सहजपुर देखि गाँडेबाझ सम्म ५० किलोमिटर सडकको काम पुरा भएको बताए । भौतिक संरचना, कालोपत्र र ट्राफिक संकेत तथा रङरोगनको काम पूरा भएको जानकारी गराउदै उनले डोटी क्षेत्रमा थप २१ किलोमिटर सडक कालोपत्र गर्न वातावरणीय प्रभाव मूल्याङकनको काम सकिएको बताए । सार्वजनिक सुनुवाइको काम पनि गरिएको बताउदै उनले डोटीको अत्तरकाँडामा सार्वजनिक सुनुवाइ गरिएको जानकारी गराए ।
वातावरण प्रभाव मूल्याङकनको फाइल मन्त्रालयमा रहेको बताउदै स्वीकृत भएपछि ठेक्काको प्रक्रिया सुरु हुने उनले जानकारी गराए । चालु आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्याङकनको काम पूरा भए ठेक्काको प्रक्रिया थालिने हमालले बताए । आइए स्वीकृत भए पछि प्रक्रियामा जाने बताउदै उनले अर्काे आर्थिक वर्षको पहिलो चौमासीकमा ठेक्का हुने बताए । संघीय सरकार मातहतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ३६ किलोमिटर सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको उनले बताए ।
संघीय सरकारको विस्तृत आयोजना प्रतिवेदनमा ३६ किलोमिटर सडक निर्माणका लागि दुई अर्ब ५० करोड बजेट आवश्यक पर्ने उनले बताए । बाँकी सडक सुदूरपश्चिम सरकारले कालोपत्र गर्ने भए पछि संघीय सरकारले २१ किलोमिटरको मात्र वातावरणीय प्रभाव मूल्याङकनको काम गरेर ठेक्काको प्रक्रिया थालेको बताउदै उनले अघिल्लो ठेक्काको काम सकिएको बताए ।
नयाँ काम सुरु भएको बताउदै उनले कार्यालय स्थापनाका लागि प्रस्ताव गरेको बताए । संघिय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले इआइए स्वीकृत गरेर ठेक्का गर्ने हमालले जानकारी गराए ।