"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

आगलागी पीडितका घर टहरा बनाउन जुटे नेकपाका नेता कार्यकर्ता

Khabar Raftar

जेठ ०२ धनगढी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङका नेता कार्यकर्ताहरु राजपुरका आगलागी पीडित जनताका घर टहरा बनाउन जुटेका छन । बुधबार देखि नेपाल कम्युनिस्ट पार्टी दाङका नेता कार्यकर्ताहरु राजपुरका आगलागी पीडित जनताका घर टहरा बनाउन जुटेका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा सुरु गरिएको आगलागी पीडित जनताका घर टहरा निर्माणमा २५ जना नेता कार्यकर्ताहरुको सहभागीता रहेको जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वलीले जानकारी गराए । पीडितका घर निर्माणमा नेता कार्यकर्ताहरु सहभागी भएको बताउदै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सविनले निस्वार्थ भावले जनताको सेवामा लागेको बताए ।
उनले जनताका दुख , पीडामा नेपाल कम्युनिस्ट पार्टी पुग्ने गरेको बताउदै जनताको सुख दुखको एकमात्र साथी नेपाल कम्युनिस्ट पार्टी भएको बताए ।

राजनीति जनताको सेवा गर्नलाई भएको बताउदै उनले जनतालाई सेवा गर्नु सिवाय अर्को उद्धेश्य नभएको बताए । जनताको सेवा गर्नु कर्तव्य भएको बताउदै उनले चुनावका बेला संसदवादीहरुले जनतालाई गुलिया सपना बाडे जस्तो नेकपाले नगर्ने बताए । जति गर्न सक्छौं त्यती गर्न श्रम शिविर चलाएको बताउदै उनले जनतालाई एउटा त्रीपालमुनि राख्न नसक्ने राज्यको कुनै काम नभएको बताए । राजपुरका जनता दुखमा हुँदा पार्टी टुलुटुलु हेरेर बस्ने कुरा नभएकाले सुरुमै नगद राहत हस्तान्तरण गरिसकेको बताउदै उनले श्रम शिविर चलाएर जनताका घरटहरा बनाउन लागेको बताए ।

नेता सविनले आगलागी पीडितका घर निर्माणमा पार्टीका नेताकार्यकर्तालाई परिचालन गरिएको बताए । नेकपा दाङले प्रत्येक पालिकाबाट ३ जना नेताकार्यकर्तालाई अनिवार्य श्रम शिविरमा परिचालन गर्ने जानकारी गराउदै उनले बुधबारबाट सुरु भएको श्रम शिविरमा लमही , घोराही , तुलसीपुर र शान्तीनगरबाट २५ जना नेताकार्यकर्ताहरुको सहभागीता रहेको जानकारी गराए । नेकपा दाङले यसअघि राजपुर – ७ हाटवासका आगलागी पीडित जनतालाई नगद राहत २८ हजार पाँच सय रुपैँया हस्तान्तरण गरिसकेको उनले जाानकारी गराए ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ