भरत दास,जेठ ०२ धनगढी । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ९ प्रताप पुरमा निर्माणाधीन े सामुदार्यक भवनमा कमसल सामाग्रीको प्रयोग भएको पाइएको छ । लम्की चुहा नगरपालिका र नेपाल इन्टेसको साझेदारीमा निमाणाधीन उक्त सामुदायिक भवनमा गुणस्तर हिन बालुवा ढुङगा र इटा लगाएतका कमशल सामाग्रीको प्रयोग भएको स्थानीयले जानकारी गराएका हुन ।
स्थानीइ अमृत मल्लले चिनाइमा राम्रो बालुवाको सट्टा भरान बालुवा लगाएको चिम्नी भट्टाको इटाको सट्टा भुसी भट्टाको ईटा प्रयोग भएको जानकारी गराए । उनले कमसल सामाग्री प्रयोग भएको विषय पटक पटक उठाउदा पनि अटेर गरेर काम गरीरहेको बताउदै उल्टै आफूलाई धाक धम्की दिने गरेको बताए । निमार्णाधीन सामुदायिक भवन सामाजीक भवन भएको बताउदै उनले यसकोे निगरानी गर्नु कर्तब्य भएको बताए । वडाका जनप्रतिनिधि र इन्जिनियरको मिलोमतोमा यस्तो काम भैरहेको मल्लले आरोप लगाएका छन ।
यस विषयमा इन्जिनियर हेमन्त रेग्मीलाई बुझ्दा उक्त काम हेर्ने जिम्मा सव इन्जिनियर तिलक बोहराको भएकाले आफूलाई केही जानकारी नभएको बताए । इन्जिनियर रेग्मीले कति बजेट हो भन्ने पनि आफुलाई जानकारी नभएको बताए । त्यसैगरी सब इन्जिनियर तिलक बोहरालाई उक्त विषयमा बुझदा बजेट कती हो भन्ने जानकारी नभएको बताउदै इन्जिनियर हेमन्त रेग्मीलाई सबै कुरो जानकारी भएको बताए । आफूलाई कमसल सामाग्री प्रयोग भएको पनि जानकारी नभएको उनले बताए ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ९ का वडा सदस्य अर्जुन रावलसगं उक्त विषयमा बुझ्न खोज्दा उनले पनि आफूलाई केही जानकारी नभएको बताए । उक्त सामुदायिक भवन निर्माणका लागी कति बजेट रहेको छ त्यो पनि आफूलाई जानकारी नभएको उनले बताए । त्यसैगरी वडा अध्यक्ष राम प्रसाद चौधरीले त्यो विषय प्राविधिक विषय भएकाले आफुलाई थाहा नभएको बताए । उक्त भवन निर्माणका क्रममा कमसल सामाग्रीको प्रयोग भएको भए कानुन अनुसार उपभोक्त समितिले सजाय पाउनु पर्ने उनले बताए । सामुदायिक भवन निर्माण उपभोक्त समितिका अध्यक्ष भरतरी चौधरीसंग भने सम्पर्क हुन सकेन ।