जेठ ०२ धनगढी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङका नेता कार्यकर्ताहरु राजपुरका आगलागी पीडित जनताका घर टहरा बनाउन जुटेका छन । बुधबार देखि नेपाल कम्युनिस्ट पार्टी दाङका नेता कार्यकर्ताहरु राजपुरका आगलागी पीडित जनताका घर टहरा बनाउन जुटेका हुन ।
नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा सुरु गरिएको आगलागी पीडित जनताका घर टहरा निर्माणमा २५ जना नेता कार्यकर्ताहरुको सहभागीता रहेको जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वलीले जानकारी गराए । पीडितका घर निर्माणमा नेता कार्यकर्ताहरु सहभागी भएको बताउदै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सविनले निस्वार्थ भावले जनताको सेवामा लागेको बताए ।
उनले जनताका दुख , पीडामा नेपाल कम्युनिस्ट पार्टी पुग्ने गरेको बताउदै जनताको सुख दुखको एकमात्र साथी नेपाल कम्युनिस्ट पार्टी भएको बताए । राजनीति जनताको सेवा गर्नलाई भएको बताउदै उनले जनतालाई सेवा गर्नु सिवाय अर्को उद्धेश्य नभएको बताए ।
जनताको सेवा गर्नु कर्तव्य भएको बताउदै उनले चुनावका बेला संसदवादीहरुले जनतालाई गुलिया सपना बाडे जस्तो नेकपाले नगर्ने बताए । जति गर्न सक्छौं त्यती गर्न श्रम शिविर चलाएको बताउदै उनले जनतालाई एउटा त्रीपालमुनि राख्न नसक्ने राज्यको कुनै काम नभएको बताए । राजपुरका जनता दुखमा हुँदा पार्टी टुलुटुलु हेरेर बस्ने कुरा नभएकाले सुरुमै नगद राहत हस्तान्तरण गरिसकेको बताउदै उनले श्रम शिविर चलाएर जनताका घरटहरा बनाउन लागेको बताए ।
नेता सविनले आगलागी पीडितका घर निर्माणमा पार्टीका नेताकार्यकर्तालाई परिचालन गरिएको बताए । नेकपा दाङले प्रत्येक पालिकाबाट ३ जना नेताकार्यकर्तालाई अनिवार्य श्रम शिविरमा परिचालन गर्ने जानकारी गराउदै उनले बुधबारबाट सुरु भएको श्रम शिविरमा लमही , घोराही , तुलसीपुर र शान्तीनगरबाट २५ जना नेताकार्यकर्ताहरुको सहभागीता रहेको जानकारी गराए । नेकपा दाङले यसअघि राजपुर – ७ हाटवासका आगलागी पीडित जनतालाई नगद राहत २८ हजार पाँच सय रुपैँया हस्तान्तरण गरिसकेको उनले जाानकारी गराए ।