जेठ ०२ धनगढी । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्च अदालत पाटनले उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ परिवर्तित नामले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।
उक्त फैसला विरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए । मंगलबार ् बुधबार दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई सफाई दिएको हो ।
उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठह¥याए पछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो । उच्चको फैसला पछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी २० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।