"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

Search
Close this search box.

कैलाली र कञ्चनपुरका तीन वटा पालिकामा फोहर प्रशोधन केन्द्र निर्माणको काम जारी

Khabar Raftar

जेठ ०१ कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका दुई वटा जिल्ला कैलाली र कञ्चनपुरका तीन वटा पालिकामा फोहर व्यवस्थापन प्रशोधन केन्द्र निर्माणकार्य जारी रहेको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा कैलालीको धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहर प्रशोधन केन्द्र निर्माण कार्य जारी रहेको हो । क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीका आयोजना कार्यान्वयन इकाई इन्जिनियर सञ्जीव शाहले तीनवटै पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माणको काम जारी रहेको जानकारी गराए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

गोदावरी नगरपालिकामा निर्माणाधीन प्रशोधन केन्द्रको ८१ दशमलव ५ प्रतिशत भौतिक प्रगति भइसकेको बताउदै उनले उक्त प्रशोधन केन्द्रको निर्माण दुई वर्षमा सक्ने लक्ष्य सहित सिचुवान–प्रोभिन्स, जिवोलोजिकल इञ्जिनियरिङ कम्पलेक्स कम्पनी लिमिटेडले काम गरिरहेको जानकारी गराए । ५२ करोड ४८ लाखमा निर्माण भइरहेको प्रशोधन केन्द्र निर्माण पछि अत्तरिया बजारसहित पालिकाको फोहर व्यवस्थापनमा सहज हुने उनले बताए ।

त्यसैगरी धनगढी उप–महानगरपालिका वडा नम्बर–७ पटेलास्थित सामुदायिक वनको जग्गा प्राप्ति पछि प्रशोधन केन्द्र निर्माणको काम सुरू भएको इञ्जिनियर शाहले जानकारी दिए । “रुख कटान गर्न प्रक्रियागत कारणले केही ढिलाइ भए पनि अहिले सबै प्रक्रिया पूरा गरेर निर्माणस्थलमा रुख कटानको काम भइरहेको उनले जानकारी गराए । धनगढीमा पनि सोही चिनिया कम्पनीले दुई वर्षमा काम सक्ने गरी ८८ करोडमा ठेक्का पाएको उनले जानकारी गराए ।

त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–११ मा निर्माणाधीन प्रशोधन केन्द्रमा पनि ५० प्रतिशत कार्य सम्पन्न भइसकेको उनले जानकारी गराए । ३० करोड २५ लाखमा रमन–केएस जेभीले निर्माण कार्य गरिरहेको र बीस महिना भित्र कार्य सम्पन्न गर्ने सम्झौता रहेको इञ्जिनियर शाहले जानकारी गराए । एडिबीले सुदूरपश्चिमका चार वटा सहरमा सडक पूर्वाधार स्तरोन्नति सहित आधुनिक सडक निर्माणमा सहयोग गरिरहेको उनले जानकारी गराए ।

धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकालाई आधुनिक सहर बनाउने योजना सहित बजार क्षेत्रको पूर्वाधार निर्माण भइरहेको उनले बताए । कञ्चनपुरको भीमदत्त नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गा उपलब्ध गराउन नसकेका कारण काम सुरु नभएको उनले बताए ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भए पछि नगरको फोहर व्यवस्थापनमा सहयोग पुग्ने बताए । उनले प्रशोधन केन्द्रमा स्वास्थ्यजन्य फोहरका लागि प्लान्ट थप्ने विषयमा पहल भइरहेको उनले जानकारी गराए ।

भर्खरै

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित
कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै
कालोपत्रेको पर्खाइमा ग्रामीण सडक
रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति
लागुऔषध सहित चार जना युवक पक्राउ
आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
बैतडीमा चट्याङ लागेर दुईजना घाइते
नायल कृषि सहकारी संस्था लिमीटेडको तेस्रो साधारण सभा सम्पन्न
सांस्कृतिक कुरीति हटाउन बैतडीका दलित बस्तीमा ज्योतिष

धेरै कमेन्ट गरिएको

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bajura-himpat-

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

machha

कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

sadak_35

कालोपत्रेको पर्खाइमा ग्रामीण सडक

fire

रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति

pakrau-1

लागुऔषध सहित चार जना युवक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै

baramad_4_0

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

chatyan

बैतडीमा चट्याङ लागेर दुईजना घाइते