जेठ ०१ कञ्चनपुर । कञ्चनपुरमा नास्ता पसलमा युवहरुबीच झगडा हुँदा एक जना घाईते भएका छन । सोमबार राति महेन्द्रनगर बजारमा रहेको सौर्य ममः एण्ड सेकुवा नास्ता पसलमा युवाहरुबीच झगडा हुँदा भीमदत्त नगरपालिका वडा नम्बर–१८ का ओम जोशी घाइते भएका हुन ।
उनलाई उपचारका लागि भारत लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले जानकारी गराए । उनले घटनापछि झगडामा संलग्न अरु युवाहरु भागेको उनले जानकारी गराए ।
प्रवक्ता जोशीले उनीहरुकै साथी भनिएकी एक जना युवतीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी गराउदै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी गराए ।
Post Views: 111