ईन्टरनेटको विकासले अहिले मान्छेहरुले दुनीया भरको खबर पलभरमै पाउने गरेका छन । ईन्टरनेटले विश्वले जोड्ने काम गरेको छ । सूचनाको पहुँच बढाएको छ । कुनै बेला घर भन्दा टाढा रहेका आफन्तलाई कल गर्न पीसिओमा घण्टौ लाईन बसेर महंगोमा कुरा गर्नु पर्ने अबश्थाबाट सञ्चारले फडको मारेको छ ।
अहिले मीनेटमै सामाजिक सञ्जाल मार्फत घण्टौ त्यो पनि सस्तोमा कुरा गर्न सकिने अबश्था छ । क्षण्भरमै विश्वका सुचना र समाचाहरु प्राप्त हुने गरी सञ्चारको किास भएको छ । तर यसका र्फाईदासंगै केही ब्यक्तिहरुका कारण बेफाई पनि हुने गरेको देखिएका छन । यसको गलत प्रयोगले सम्बन्ध तोड्ने कामहरु पनि हुदै आएका छन । अपराधहरु पनि बढ्दै गएका छन । नेपालमा ईन्टरनेटका कारण कतीपयका सम्बन्धहरु पनि विच्छेद भएका छन ।
नेपालमा यसअघि सम्बन्धविच्छेद सामाजिक प्रतिष्ठाको विषय बन्ने गरेको भए पनि अहिले संकाकै भरमा तोडीन थालेका छन । फेसबुकमा म्यासेज आयो, कल आयो, चिने नजानेका ब्याक्तिहरुसंग रात विरात कुरा भयो त्यस पछि संकाको अंकुर पलायो । जसका कारण श्रीमान श्रीमती विच कलह सुरु हुन थाल्यो झगडा अदालतमा पुगेर सम्बन्धविच्छेदमा परिणत भयो । यस्तै घटनाहरु आजकाल पढ्न सुन्ने गरिएका छन । जसका कारण थुप्रै मान्छेहरुका घर उजाडीएका छन । हामी सबैले इन्टरनेट र सञ्चार सम्बन्ध जोड्नका लागी भएको बुझन जरुरी छ । सामाजीक सञ्जाल सूचना प्राप्त गर्नका लागी हो भनेर बुझन जरुरी छ ।
त्यसैले सहि रुपमा सदुपयोग गर्न जरुरी छ । सबैको सामाजिक मान–प्रतिष्ठाको ख्याल गरी ईन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गर्न जरुरी छ । व्यक्तिगत लाभका लागि गरिने कर्तुतहरुले आफुलाई पनि नोक्सान पु¥याउने भएकाले समयमै सचेत हुन जरुरी छ । नेपालमा सामाजिक सञ्जालको प्रयोगमा आएको उच्छृङ्खलताका कारण समस्या बढ्दै गएको छ । नेपालमा यसको नियमन गर्ने निकायले प्रभावकारी भूमीका निर्बाह गनै नसक्दा समस्या बढ्दै गएको छ ।
यसलाई नियन्त्रण नगर्ने हो भने नेपालको सामाजिक परिवेशमा ठूलो समस्या आउनुका साथै यसले समाजलाई तहसनहस बनाउने देखिएकाले बेलैमा सम्बन्धित निकायले गम्भिरताका साथ सोच्न जरुरी छ । महिला, पुरुष सबैले जिम्मेवार बन्न जरुरी छ । ईन्टरनेट र सामाजीक सञ्जालको सही सदुपयोग गरी टुटेका सम्बन्धहरुलाई जाड्ने गरी प्रयोग गर्न जरुरी छ । हामी सबै सचेत नागरिक भएकाले सचेत नागरिकले निर्बाह गर्ने भूमीका निर्बाह गर्न जरुरी छ । ईन्टरनेट सम्बन्ध तोड्न होईन, जेडनका लागी हो भन्ने सन्देश दिन जरुरी छ ।