"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

धनगढीको मालपोत कार्यालय रहेको जमिन कोष तथा तहसिल कार्यालयको नाममा दर्ता

Khabar Raftar

धनगढीः मालपोत कार्यालय रहेको धनगढीको दुई बिघा ७ कट्टा जमिन कोष तथा तहसिल कार्यालयको नाम्मा  दर्ता  रहेको पाइएको छ । सबैलाई लालपुर्जा दिने मालपोत कार्यालय धनगढीको कार्यालय रहेको आफ्नै जग्गा कोष तथा तहसिल कार्यालयको नाम्मा दर्ता  रहेको पाइएको हो । कोष तथा तहसिल कार्यालय धनगढीको नाममा दर्ता श्रेस्ता रहेको उक्त जमीनमा मालपोत कार्यालय रहेको छ । २०६० सालमा नयाँ नापी हुँदा मालपोत कार्यालयले लालपुर्जा बनाउनु पर्नेमा अहिलेसम्म बेवास्ता गरेका कारण कार्यालयको नाम्मा पूर्जा आउन नसकेको बताइएको छ । कार्यालय रहेको १ बिघा १९ कट्टा जमीन र अदालत रोडमा रहेको ७ कट्टा जग्गामा मालपोत कार्यालयको हक लाग्ने भए पनि जग्गाको लालपुर्जा नभएको बताईएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

२०३४ सालमा कोष तथा तहसिल कार्यालय धनगढीको नाममा श्रेस्ता कायम रहेको एक बिघा १९ कट्टा जग्गा मालपोत कार्यालयको हुनु पर्ने भए पनि पुरानो नक्सामा भएको पूरै जग्गा अहिले मालपोत कार्यालयको हक भोगमा नभएको बताईएको छ । मालपोतसँग आफ्नो पूरै जग्गामा हकभोग पनि कायम छैन भने बाँकी रहेको जग्गाको लालपुर्जा पनि नपाएको बताईएको छ । मालपोत कार्यालय धनगढीका प्रमुख प्रेमबहादुर दौल्यालले जग्गाको नापजाँच गरेर हालसाबिक गर्न भनेर नापी कार्यालयलाई पत्राचार गरेको बताउदै नापीबाट जवाफ नआएको जानकारी गराए । नापी कार्यालयलाई लेखी पठाएर जग्गाको हालसाबिक गरी लालपुर्जा बनाउने दौल्यालले जानकारी गराए ।

तत्कालीन कोष तथा तहसिल कार्याल धनगढीको नाममा त्रिनगर २ (ख) को कित्ता नम्बर ४८ को एक बिघा १९ कट्टा र त्रिनगर २ ख को कित्ता नम्बर १३१ को ८ कट्टा जग्गा रहेको पुरानो श्रेस्तामा देखिएको उनले बताए । २०४२ सालसम्म भूमि प्रशासन अर्थ मन्त्रालय मातहत रहेकोमा त्यसपछि भूमि व्यवस्था मन्त्रालय गठन हुँदा मालपोत कार्यालय अलग्गै अस्तित्वमा आएको उनले जानकारी गराए । २०३४ सालदेखि अहिलेसम्म मालपोत कार्यालयबाट लाखौं लालपुर्जा बनेको भए पनि कार्यालयले आफ्नै लालपुर्जा बनाउन सकेको छैन । नक्सा तथा अन्य कागजात हेरेर जग्गाको नापी बारे निर्णय लिइने नापी कार्यालय धनगढीका सूचना अधिकारी दीर्घराज पाण्डेले बताए ।

गत वर्ष मालपोतबाट पत्र आएको बताउदै उनले अहिले अध्ययन गरिरहेको जानकारी गराए । नापनक्सा हेरेर गर्न सकिने काम त्यो चाँडै गर्ने नापी अधिकृत पाण्डेले बताए । धनगढी उपमहानगरपालीका वडा नम्बर–१ मा नयाँ नापी २०६० मा भएको बताउदै उनले नयाँ नापीपछि गोश्वराबाट नापी कार्यालयले आफ्नो पुर्जा बनाएको भए पनि मालपोत कार्यालयले नबनाएको बताए ।

हाल मालपोत कार्यालय रहेको ठाउँमा मालपोत कार्यालयको स्वामित्वमा एक बिघा १९ कट्टा जग्गा आउनु पर्नेमा फिल्डमा भने चारैतिरबाट जग्गा घटेको उनले बतँए । केही जग्गामा न्याधिवक्ताको कार्यालय बनेको बताउदै उनले उत्तरतर्फको केही जग्गा सामाजिक विकास मन्त्रालय र पूर्वतर्फको जग्गा नेपाल टेलिकमभित्र गएको बताए । मालपोत कार्यालयका कार्यालय प्रमुख दौल्यालले नापी कार्यालयबाट पत्रको जबाफ आए पछि जग्गाको क्षेत्रफलबारे थाहा हुने बताए ।

भर्खरै

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने
लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ
गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण
गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम
दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न
भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी
सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह
जलविद्युत निर्माणमा सरकारको ध्यान जावस
धनगढी – दीपायल द्रुतमार्गको २५ किलोमिटर कालोपत्र गर्न ठेक्का गरिने

धेरै कमेन्ट गरिएको

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seema

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

download

त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने

pakrau-1

लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ

wada-no-12

गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण

book-free

गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम

4

दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न

bhim-rawal-sudur

भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी

11

सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह