बैशाख ३१ डडेल्धुरा । डडेल्धुरामा खोलामा डुबेर २ जना बालिकाको मृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–२ कुँवर गाँउको सिमताल खोलामा सोही ठाउँ बस्ने इन्द्रबहादुर मल्लको छोरी १४ वर्षीया दिपा मल्ल र नारद सार्कीकी १७ वर्षीया छोरी लक्ष्मी सार्कीको आइतवार नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी गराएको हो । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जानकारी गराएको छ ।
Post Views: 96