बैशाख ३० धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले कार्यक्रमको आयोजना गरी २७ जनालाई सम्मान तथा पुरस्कार वितरण गर्ने निर्णय गरेको छ । हरेक वर्ष पुरस्कार वितरण गर्दै आएको सुदूरपश्चिमाञ्चल साहित्य समाजले विभिन्न विधामा २७ जनालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेयले केही महिना पछि विशेष कार्यक्रमको आयोजना गरेर पुरुस्कार तथा सम्मान प्रदान गरिने जानकारी गराएका हुन । उनले सुदूरपश्चिमाञ्चल साहित्य समाजले बद्रीकृष्णा वाङ्मय पुरस्कार, २०८० बैतडीका प्राध्यापक डा. महादेव अवस्थीलाई प्रदान गर्ने निर्णय गरेको जानकारी गराए ।
एक लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको बद्रीकृष्णा वाङ्मय पुरस्कार प्राध्यापक डा. अवस्थीलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष पाण्डेयले जानकारी गराए । यसअघि २०७९ सालको बद्रीकृष्णा वाङ्मय पुरस्कार,स्रष्टा झमक कुमारी घिमिरेलाई प्रदान गरिएको उनले जानकारी गराए । त्यसैगरी २०८० को प्रभास राज्यलक्ष्मी कृति पुरस्कार अछामका प्राज्ञ यज्ञराज उपाध्यायलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष पाण्डेयले जानकारी गराए । उनले १ लाख ११ हजार १ सय ११ रुपैयाको उक्त पुरुस्कार प्राज्ञ यज्ञराज उपाध्यायलाई प्रदान गर्ने निर्णय गरेको जानकारी गराएका हुन । २०७९ को प्रभास राज्यलक्ष्मी कृति पुरस्कार जनकपुरका प्रा.डा. राजेन्द्र बिमललाई प्रदान गर्ने निर्णय गरेको उनले जानकारी गराए । त्यसैगरी २५ हजार रुपैयाँको श्रीलोचन साहित्य पुरस्कार २०८० कास्कीका प्राध्यापक माधव वियोगी र २०७९ को श्रीलोचन साहित्य पुरस्कार कञ्चनपुरका रामचन्द्र नेपाललाई दिने निर्णय भएको अध्यक्ष पाण्डेयले जानकारी गराए ।
साहित्य समाजले स्थापना गरेको २५ हजार रुपैयाँ राशीको जयराज पन्त लोकसाहित्य पुरस्कार, २०८० बैतडीका हेमबाबु लेखक र २०७९ को पुरस्कार पिथौरागढ, भारतका डा. पिताम्बर अवस्थील ाई दिने निर्णय गरिएको अध्यक्ष पाण्डेयले जानकारी गराए । त्यसैगरी २५ हजार रुपैयाँ राशीको सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार, २०८० कञ्चनपुरका पदम राना र २०७९ को पुरस्कार कैलालीका डम्बर चौधरीलाई प्रदान गरिने उनले जानकारी गराए । २५ हजार रुपैयाँ राशीको गणेश स्मृति हेमन्ती पुरस्कार २०८० बैतडीका कर्ण दयाल र २०७९ को पुरस्कार चितवनका गणेश श्रमणलाई प्रदान गरिने अध्यक्ष पाण्डेयले जानकारी गराए ।
त्यसैगरी २५ हजार रुपैयाँ राशीको बिष्णुदास यज्ञ साहित्य पुरस्कार २०८० बाँकेको नेपालगन्जका किरण आचार्य र २०७९ को पुरस्कार डोटीका टी आर पाठकलाई दिने निर्णय गरिएको उनले जानकारी गराए । त्यसैगरी २५ हजार रुपैयाँ राशीको जसुदा संगीत पुरस्कार २०८० बाजुराका शोभा थापा र २०७९ डोटीका गोपाल सुचिकारलाई दिने निर्णय गरिएको अध्यक्ष पाण्डेयले जानकारी गराए । त्यसैगरी २५ हजार रुपैयाँ राशीको जसुदा शिक्षा पुरस्कार २०८० कैलालीका कुलासिंह बम र २०७९ को पुरस्कार डडेल्धुराका जयराज पन्तलाई प्रदान गरिने उनले जानकारी गराए ।
त्यसैगरी २५ हजार रुपैयाँ राशीको जसुदा समाज सेवा पुरस्कार २०८० इटहरिका सुभद्रा प्याकुरेल र २०७९ को पुरस्कार कैलालीका दीपक उपाध्यायलाई प्रदान गर्ने निर्णय भएको उनले जानकारी गराए । २५ हजार रुपैयाँ राशीको जसुदा साहित्य पुरस्कार २०८० बाकेको नेपालगन्जका अञ्जु न्यौपाने र २०७९ को पुरस्कार बाजुराका खगेन्द्र गिरी कोपिलालाई प्रदान गरिने सुदूरपश्चिमाञ्चल साहित्य समाजका महासचिव गणेश नेपालीले जानकारी गराए ।
उनले २५ हजार रुपैयाँ राशीको सावित्री साहु स्मृति पुरस्कार २०८० भारतको उत्तराखण्डका, उप्रेती सिस्टर,ज्योति र निरजा उप्रेतीलाई प्रदान गरिने निर्णय गरिएको जानकारी गराए । त्यसैगरी ११ हजार रुपैयाँ राशीको हरुदेवी स्मृति स्रष्टा सम्मान, २०८० पुरुस्कार डोटीका पत्रकार मुकुन्द भण्डारी र २०७९ को सोही पुरुस्कार पाल्पाका बिनु गौतमलाई प्रदान गर्ने निर्णय गरिएको महासचिव गणेश नेपालीले जानकारी गराए । त्यसैगरी ११ हजार रुपैयाँ राशीको प्रतिभाश्री सम्मान पुरुस्कार २०८० पूर्णबहादुर मल्ल र २०७९ को सम्मान साहित्यकार पुरुस्कार बाजुराका जयलक्ष्मी जोशीलाई प्रदान गर्ने निर्णय गरिएको महासचिव नेपालीले जानकारी गराए ।