"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कृषि आधुनिकीकरण परियोजनामा आठ हजार ९ सय ३५ जना किसान आवद्ध

Khabar Raftar

बैशाख ३० धनगढी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा आठ हजार ९ सय ३५ जना किसान आवद्ध भएका छन् । कैलालीमा परियोजनाद्वारा सञ्चालित गहुँ सुपरजोन,तेलहन जोन र धान जोन कार्यक्रममा आठ हजार नौ सय ३५ जना किसान आवद्ध भएका हुन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

गत आर्थिक बर्ष २०८० र चालुआर्थिक वर्ष २०८१ मा तीन वटै जोनमा चार हजार नौ सय १७ जना महिला र चार हजार १८ जना पुरुष गरी आठ हजार नौ सय ३५ जना किसान आवद्ध भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ कैलालीका सूचना अधिकारी रीतु धामीले जानकारी गराईन ।

उनका अनुसार चालु आर्थिक बर्षमा सहकारी, कृषि समूह, कृषि उद्यमी, बीउ उत्पादन कम्पनी र समिति गरी तीन सय ३५ संस्था सूचीकृत भएका छन् । गहुँ सुपरजोन एक हजार पाँच सय हेक्टरबाट क्षेत्रफल विस्तार भएर हाल तीन हजार हेक्टर, तेलहन जोन पाँच सय हेक्टरबाट एक हजार पाँच सय हेक्टर र धान जोन पाँच सय हेक्टरबाट क्षेत्रफल विस्तार भएर आठ सय हेक्टर पुगेको उनले जानकारी गराईन ।

कार्यक्रम सञ्चालन भए पछि गहुँको उत्पादकत्व दुई दशमलव नौ मेट्रिक टन प्रतिहेक्टरबाट वृद्धि भएर हाल चार दशमलव चार, तोरीको उत्पादकत्व शून्य दशमलव नौ मेट्रिक टन प्रति हेक्टरबाट वृद्धि भएर एक दशमलव पाँच र धानको उत्पादकत्व तीन दशमलव ४७ बाट वृद्धि भएर पाँच दशमलव २७ मेट्रिक टन प्रतिहेक्टर पुगेको उनले जानकारी गराईन ।

गहुँ सुपरजोन कैलाली जिल्लाको कैलारी गाउँपालिका, गौरीगंगा र घोडाघोडी नगरपालिकाका विभिन्न १८ वटा वडामा,तेलहन जोन जानकी, जोशीपुर गाउँपालिका, भजनी, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका विभिन्न २९ वटा वडा र धान जोन जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न नौ वटा वडामा सञ्चालनमा रहेको सूचना अधिकारी धामीले जानकारी गराईन ।

चालु आर्थिक वर्षमा साना सिँचाइ अन्तरगत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा एक सय ५६ वटा स्यालो ट्युवेल वितरण गरिएको जानकारी गराउदै उनले एक सय ४८ वटा जडानका लागि सम्झौता भएर काम भइरहेको जानकारी गराईन । त्यसैगरी सूचना अधिकारी धामीले परियोजनाले चैते धानको क्षेत्रफल विस्तार कार्यक्रम अन्तर्गत गत वर्ष ५० हेक्टरमा गरिएको चैते धान यस वर्ष एक सय २७ हेक्टरमा विस्तार गरेको जानकारी गराईन ।

लागत घटाएर कृषि आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउन ५० प्रतिशत अनुदानमा बीउ, विषादी, कृषियन्त्र उपकरण वितरण गर्ने गरिएको उनले बताईन । साथै परियोजनाले प्राविधिक सहयोग समेत गर्ने गरेको उनले बताईन । कैलालीमा गहुँ सुपरजोन आथिक वर्ष २०७३÷७४, तेलहन जोन आथिक वष २०७४÷७५ र धान जोन आथिक वर्ष २०७८÷७९ मा सुरु भएको सूचना अधिकारी धामीले जानकारी गराईन ।

भर्खरै

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा
पञ्चेश्वर आयोजना अघि बढाउने सहमति
माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो
कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी
व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र
सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए
अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश
३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना
प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोडको कारोबार, २७ हजारले गरे अवलोकन
सम्झौता भएको २ बर्ष वित्यो ६ लेन सडकको गोदावरी क्षेत्रमा अझै स्ट्रिट लाइट जडान हुन सकेन

धेरै कमेन्ट गरिएको

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

download

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

pancheswar

पञ्चेश्वर आयोजना अघि बढाउने सहमति

1-5-1024x462

माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो

gahu

कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी

budhiganga-7-bajura

व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र

sup-samabesi

सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए

BAYALPATA-HOSPITAL

अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश

cropped-cropped-khabar-raftar-2.png

३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना