बैशाख २८ धनगढी । कैलारी गाउँपालिकामा बिपद बजेटलाई प्राथमिकता दिन सरोकारवालाहरुले जोड दिएका छन । बहुउद्देश्यीय बिकास समाज डडेल्धुराको आयोजनामा स्थानीय बिपद ब्यवस्थापन समिति र टास्क फोर्ससंग गरिएको समन्वय बैठकका सहभागीहरुले बिपद बजेटलाई प्राथमिकता दिने जोड दिएका हुन ।
कैलारी गाउँपालिकाको समन्वय,केईआरके आईएन एसीटीआईई र सीओआरडीएआईडीसहयोगमा बहुउद्देश्यीय बिकास समाज(एमपीडीएस) डडेलधुराद्घारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत परियोजनाद्वा पालिका स्तरमा संचालन भएका गतिविधि र उपलब्धिहरुको प्रस्तुति, समीक्षा तथा आगामी योजनाका बारेमा सरोकारवाला निकायहरु बिच छलफल एंव जानकारी गराउने उद्घेश्यले समन्वय बैठक आयोजना गरिएको हो ।
बैठकमा कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवती कुमारी चौधरीले बिपद जोखिम न्यूनीकरणको क्षेत्रमा र समुदाय स्तरमा सचेतना अभिबृद्धी गर्ने कार्यमा एमपीडीएसले खेलेको भूमिकाको प्रशंसा गर्दे धन्यवाद ब्यक्त गरिने । उनले एमपीडीएससंग पालिकाले अन्य कामहरुमा पनि सहकार्य गर्ने बताईन । बैठकमा कैलारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीदत्त भट्टले बिपद संबेदनसिल बिषय भएकाले यसको ब्यवस्थापनमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा कैलारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सन्तराम चौधरीले टास्क फोर्सको क्षमता अभिबृद्घि, सकृयता र परिचालनमा आफूहरुले पनि सहयोग गर्ने बताए । त्यसैगरी वडा नम्बरं ५ का अध्यक्ष बिष्णु चौधरीले संस्थाले पालिका स्तरमा गरेका कामहरु अत्यन्तै राम्रो भएको बताउदै ,थप सचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिए । बैठकमा वडा नम्बरं ६ का अध्यक्ष प्रेम बहादुर चौधरीले बिपदको बाढी डुबानका साथ साथै आगलागी नियन्त्रण सम्बन्धि पनि सचेतनामूलक अभिमुखीकरण गर्नुपर्ने बताए ।
त्यस्तै बैठकमा सुर्मिनाला टास्क फोर्सका अध्यक्ष जगलाल चौधरीले स्थानीय स्तरमा बिपद जोखिम न्युनिकरण र जनचेतना जगाउने कार्यमा टास्कफोर्स लागि रहेको बताउदै स्थानीय सरकारबाट पनि बिपदको लागि वडा स्तरमा बजेट र कार्यक्रम छुट्याउनु पर्ने बताए ।
बैठकमा सहभागी जनप्रतिनिधिहरु भलबन्सा र टास्कफोर्सका प्रतिनिधि हरुले बिपदको क्षेत्रमा थप गतिविधि सहित कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिएका थिए । बैठक वडा नम्बरं ४ का अध्यक्ष एंव बिपद संयोजक ठागुराम चौधरीको अध्यक्षतामा कैलारी गाउँपालिकाको हसुलियामा सम्पन्न भएको थियोे ।