"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिम्मा जंगली जनावरले क्षति पु¥याए बापतको राहत रकम नपाएको पीडितको गुनासो

Khabar Raftar

बैशाख २७ धनगढी । सुदूरपश्चिम प्रदेशमा वन्यजन्तुले क्षति पु¥याए बापत राहत रकम नपाएको पीडितले गुनासो गरेका छन । वन्यजन्तुले क्षति पु¥याए बापत सुदूरपश्चिम प्रदेशका ७ सय ४६ जना वन्यजन्तु पीडितहरूले चालु आर्थिक वर्षको १० महिना देखि राहत रकम नपाएको गुनासो गरेका हुन । वन्यजन्तुबाट हुने क्षति बापतको राहत सहयोग सम्बन्धी निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट हुने अङगभङग एवम् मानवीय क्षति, पशुधन, घर गोठ र खाद्यान्न बालीको क्षतिको राहत रकम उपलब्ध गराउने व्यवस्था गरिएको भए पनि राहत रकम नपाएको उनीहरुले गुनासो गरेका हुन । पीडित परिवारले राहतका लागि डिभिजन वन कार्यालयमा निवेदन दिँदै आएको बताएका छन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ भैरबस्थानकी दिलादेबी बयकको घर नजिकैको बारीमा काम गर्न गएका बेला २०८० साउन ३२ गते बँदेलको आक्रमण गर्दा मृत्यु भएको थियो । मृत्यु पश्चात् उनका परिवारका सदस्यले विभिन्न कागजातहरू डिभिजन वन कार्यालय अछाममा पेस गरेको ८ महिना बितिसक्दा पनि राहत रकम नपाएको उनका आफन्त बल बहादुर बयकले गुनासो गेका छन । त्यसैगरी डोटीको के आई सिंह गाउँपालिका वडा नम्बर१ का भगि भुलकी श्रीमती जगुलीदेबि भुलको जंगली जनावर भालुले आक्रमण गर्दा मृत्यु भएको थियो । मृतकका श्रीमान् भगीले डिभिजन वन कार्यालय निवेदन दिएको ४ महिना सम्म पनि राहत रकम नपाएको बताए । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका डिभिजन वन कार्यालयहरूमा आएको निवेदन अनुसार ७ सय ४६ जना पीडितले सरकारबाट पाउनु पर्ने राहत रकम पाउन नसकेको बताइएको छ ।

निवेदन दिनेमा सबै भन्दा बढी अछामका रहेका छन् । डिभिजन वन कार्यालय अछामका सूचना अधिकारी विमल चन्दले ४ सय ७४ जनाले राहत रकम पाउँ भनि निवेदन दिएको जानकारी गराए । उनीहरू मध्ये १ जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको बताउदै उनले अन्य घाइते र पशुधन तथा खाद्यान्न बालीमा क्षति भएका भएको बताए । उनीहरूले पाउने रकम सरकारबाट प्राप्त नभएको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्यायले जानकारी गराए । वन्यजन्तु पीडित मध्य सुदूरपश्चिमको ९ जिल्लामा सबैभन्दा कम निवेदन बझाङ, डडेलधुरा र बाजुरामा परेका छन् ।

तीन जिल्लामा ५÷५ जना पीडितले निवेदन दिएका छन । प्राप्त विवरण अनुसार डोटीमा १६ जना, कैलालीमा १७ जना, कञ्चनपुरमा २९ जना,बैतडीमा १ सय ५० जना, दार्चुलामा ४५ जना गरी ७ सय ४६ जनाले राहत पाउन बाँकी रहेको छ । प्रदेश वन निर्देशनालय मार्फत डिभिजन वन कार्यालयले भुक्तानी दिने भनि सरकारले निर्णय गरिसकेको छ । तर हालसम्म राहत रकम सम्बन्धी बजेट डिभिजन वन कार्यालयमा निकासा नभएको बताइएको छ । चालू आर्थिक वर्षको असार महिना पछि कार्यविधि परिवर्तन भएपनि असार मसान्त भन्दा अघि सम्म नजिकका राष्ट्रिय निकुञ्जबाट राहत रकम उपलब्ध गराउँदै आएकोमा निर्देशिका परिवर्तन भएपछि प्रदेशले जिल्लामा रकम पठाउने भने पनि हालसम्म उक्त रकम अझै डिभिजन वन कार्यालयमा नआएको बताइएको छ ।

अछामका ४ सय ७४ जना पीडित मध्ये ४ सय ४८ जना अघिल्लो आर्थिक वर्षबाटै राहत नपाएका रहेका छन । उनीहरूका निवेदन सहितका फाइलहरू शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयमा पठाए पनि निर्देशिका परिवर्तन हुँदा फाइल फिर्ता भएको डिभिजन वन कार्यालय अछामका प्रमुख पाध्यायल े बताए । सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टका अनुसार प्रदेशका ९ वटै जिल्लाका पिडतहरुले पाउनुपर्ने रकम करिब २ करोड भन्दा बढी रहेको छ ।

निर्देशनालयसँग २६ लाख मात्र रकम रहेको बताउदै उनले संघीय सरकाबाट पर्याप्त बजेट निकासा नहुँदा राहत उपलब्ध गराउनु समस्या भएको बताए । निर्देशिका अनुसार प्रदेश सरकारबाट बजेटको व्यवस्था गर्नु पर्ने भए पनि प्रदेश सरकारले यस आर्थिक वर्षको बजेट ल्याइसके पछि निर्देशिका परिवर्तन भएका कारण बजेटको अभाव भएको उनले बताए । वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका बमोजिम मानवीय क्षतिको लागि २० हजार देखि अधिकतम दश लाख, पशुधनको क्षतिका लागि दश हजार देखि ३० हजार र खाद्यान्न बालीको क्षतिको लागि दश हजार सम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी