वैशाख २७ धनगढी । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा बझाङ–१ को (क) बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भए पछि बझाङमा उपनिर्वाचन भएको थियो ।
भण्डारीले उपनिर्वाचनमा सिंहका छोरा कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका थिए । भण्डारी ११ हजार ६ सय १२ मतसहित विजयी हुँदा सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए ।
Post Views: 108