बैशाख २७ बाजुरा । बाजुरामा यही वैशाख २८ गतेबाट बाजुरा महोत्सव आयोजना गरिने भएको छ । सुदूर साहित्य प्रतिष्ठान बाजुराले वैशाख २८ गतेबाट बाजुरा महोत्सवको आयोजना गने ेभएको हो ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी गराएको छ । महोत्सवका लागि स्टल, मञ्च व्यवस्थापन कार्य भइरहेको मूल आयोजक समितिका अध्यक्ष हर्क खडायतले जानकारी गराए । बाजुराको पहिचान, स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने गरी महोत्सवको आयोजना गरिएको उनले बताए ।
स्थानीय संस्कृति झल्काउने भुवा, अनन्ते, गौरा, स्थानीय उत्पादनबाट बनेका डोका, डाला, लगायतका सामग्री समेत प्रदर्शनमा राखिने उनले जानकारी गराए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार सहभागी हुने उनले जानकारी गराए । वैशाख २८ गतेबाट जेठ ८ गतेसम्म १० दिन जिल्ला सदरमुकाम मार्तडीमा महोत्सव सञ्चालन हुने उनले जानकारी गराए ।