बिभिन्न ठाउँमा बिकास निर्माणका काम भइरहेका छन । बिकाश निर्माणका कार्य गुणस्तरीय नभएको , बजेट दुरुपयोग भएको गुनासा पनि त्यतिकै आउने गरेका छन । देशको आर्थिक बिकाश र सम्बृद्धिका लागी बिकाश निमार्णका काम निरन्तर चलिनै रहन्छन । देशको आर्थिक बिकाश र सम्बृद्धिका लागी बिकाश निर्माण हुनु सकारात्मक भए पनि भएको बिकाश कति दिगो र गुणस्तरीय भएको छ भन्ने बिषयमा आम नागरिकको चासो हुनु स्वभाबिक हो ।
तर पछिल्लो समयमा भएका केहि बिकास निर्माणका कामले गुणस्तरीयता कायम नगरेकै कारण बिकास निर्माण्का काम दिगो हुन नसकेको अबश्था छ । केहि व्यक्तिको लापरवाहिले गर्दा सम्पूण बिकास निर्माणका काममा प्रश्न उठ्न थालेको छ । काम पाउनका लागी कमीशन दिने र कमशल सामाग्री प्रयोग गरेर विकास निर्माणका काम गर्दा केही दिनमै भत्कने गरेका उदाहरणहरु छन ।
कमीशन र नातागोताका मान्छेहरुलाई विकास निर्माणका कामहरु दिदा विकास बजेट को सही सदुपयोग हुन सकेको छैन । सम्बन्धीत निकायले प्रभावकारी अनुगमन गर्न नसक्दा र गल्तीहरुको ढाकछोप गर्दा यस्ता समस्याहरु झनै बढ्दै गएका छन । निर्माण भइरहेका कामको समयमा अनुगमन नहुने र भए पनि प्रभावकारी अनुगमन नहुँदा बिकास निर्माणका कामहरु गुणस्तरीय हुन सकेका छैनन । केहि निर्माण व्यवसायीले पहुचका आधारमा झारो टार्र्ने गरी काम गर्ने र त्यसको अनुगम नगर्ने निकायको गैर जिम्मेबारिपनका कारण बजेटको दुरुपयोग हुने गरेको छ ।
जनस्तरबाट बारम्बार यसका विरुद्ध आवाज उठ्ने गरेका भए पनि पहुँचका भरमा सुनुवाई नहुने अबश्था छ । केहि निर्माण व्यवसायी , भ्रष्ट कर्मचारी र नेताका कारण हुने यस्ता निर्र्माण कार्यले जनतामा राज्यप्रतिको बिश्वास घट्दै गएको छ । जसको लाभ केहि व्यक्तिले लिइरहेका छन भने देश झन पछि धकेलिदै गएको अबश्था छ । त्यसैले बिकास निर्माण कार्यको अनुगमन हुन जरुरी छ । जसका लागी सरोकारवाला निकाय समयमै सजग हुन जरुरी छ ।