बैशाख २५ धनगढी । सुदूरपश्चिम प्रदेशमा चट्याङका कारण एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन । अछाम्मा चट्याङका कारण एक जनाको मृत्यु भएको हो भने डडेल्धुरामा एकै घरका तीन जना घाइते भएका हुन ।
सोमवार राति हुरीबतास सगै परेको चट्याङले अछामको रामारोशन गाउपालिका वडा नम्बर–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको चट्याङ लागेर मृत्यु भएको हो । त्यसैगरी सोमवार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका वडा नम्बर–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ भने उनको घर पूर्ण रूपमा नष्ट भएको छ । अछामको रामारोशन गाउपालिका वडा नम्बर–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको चट्याङ लागेर मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी गराए । त्यसैगरी बैतडीमा चट्याङ लागेर एक वटा भैंसी मरेको छ ।
बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ लदौलीका तेजराज भट्टराईको घरमा चट्याङ पर्दा गोठमा बाँधेको भैंसी मरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । सोमवार राति भट्टराईको घरमा चट्याङ परेका कारण विद्युतको मिटर बक्समा क्षति पुगेको उनले बताए । चट्याङले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । त्यसैगरी बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ गोर्खालिमा बेलुका चट्याङ परेर ४ जना घाईते भएका छन् भने एउटा घर जलेर पुर्ण रूपमा क्षति भएको छ ।
यस्तै चट्याङ लागेर आईते रावतको भैंसी मरेको छ ।
उनको खरले छाएको घर जलेर नष्ट भएको स्थानिय सुरेश खड्काले जानकारी
गराए । यस्तै चट्याङ लागेर फिट्टु खड्काको परिवार बेलु देवि खड्का उनका ८ बर्षिया छोरा एकेन्द्र बहादुर खड्का घाईते भएका छन् । चट्याङ कै कारण उनका छिमेकि लुड्कि देवि खड्का र दुदा देवि रावत पनि घाईते भएको उनले जानकारी गराए ।