धीरज प्रपाला,बैशाख २५ धनगढी । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले सिमानामा हेल्पडेस्क स्थापना गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशको यही बैशाख २३ गते धनगढीमा सम्पन्न बैठकले गरेका निर्णय सार्बजनीक गर्न आयोजीत पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराईएको हो । मंगलबार धनगढीमा ओयोजीत पत्रकार सम्मेलनमा बैठकका निर्णयहरु सार्बजनीक गर्द ै उक्त कुराको जानकारी गराईएको हो । पार्टी केन्द्रको बैशाख ५ गते देखि ९ गते सम्म कपीलबस्तुमा सम्पन्न बैठकको निर्णय अनुसार संगठनात्मक रुपमा नयाँ सम्रचनामा गई सके पछि बसेको सुदूरपश्चिम प्रदेशको पहिलो बैठकले पार्टी सुदृढीकरण एवं जनसम्बन्ध विस्तार अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी गराईएको छ ।
दलाल पुजीबादको विकल्प नेपाली विशेषताको समाजबाद भन्ने नारालाई स्थापीत गर्न र एकिकृत जनक्रान्तीको मौलिकता बारे स्पष्ट पार्न बैठक, प्रशिक्षण, अन्र्तक्रिया र जनभेटघाटलाई तीव्र पार्ने निर्णय गरिएको पनेकपाका स्थाई समिति सदस्य तथा प्रदेश ईन्चार्ज भरत सीले जानकारी गराए । त्यसैगरी एमसीसी मार्फत भई रहेको बैदेशिक हस्तक्षेप, देशमा बढ्दो भ्रष्टाचार , सामाजीक विक्रीती र विसंगती, मीटर ब्याजी, भू माफिया र लघुवित्तका विरुद्ध जनसराकारका विषयहरु, विकास निर्माण,शिक्षा, स्वाश्थ्य लगायतका विषयमा संघर्ष गर्ने, उत्पादनमा यस बर्ष पोहरको भन्दा दोब्बर गर्ने, सिमानामा जनताको सुविधाको लागी सहायता केन्द्र स्थापना गर्ने , प्रदेश स्तरमा अनलाईन सञ्चालन गर्ने, प्रकाशन गर्ने निर्णय गरिएको उनले जानकारी गराए ।
त्यसैगरी बैठकले सहिद दशरथचन्द स्वाश्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनको लागी जनदबाब सृजना गर्ने , महाकाली करीडोर, सेती लोकमार्गको लागी प्रयाप्त बजेट, तिब्र कार्य सञ्चालन र छिटो सम्पन्नताको लागी माग गर्ने, स्थानीय सरकारद्वारा कथीत शहरिया सभ्यताको नाम्मा गरिव, किसान, सुकुम्बासीलाई बैकल्पीक ब्यबश्था विना विश्थापन गर्ने कार्यको विरोध गर्ने निर्णय गरिएको उनले जानकारी गराए । पत्रकार सम्मेलनमा पहलमानपुरमा रहेको कोल्ड स्टोर बारे बुझेर त्यसको संरक्षणका लागी पहल गर्ने , चिसापानी राजकाँडा जालपा केबुलकारमा स्थानीय निकाय र जनताका अग्राधीकार र शेयरको सुनिश्चित्ता गर्न पहल गर्ने निर्णय गरिएको जानकारी गराईएको छ ।
त्यसैगरी निर्णय कार्यान्वयनको पहिलो चरणमा बैशाख २४ गते प्रदेश स्तरिय प्रशिक्षण सम्पन्न गरिएको जानकारी गराईएको छ । गोदावरी नगरपालीकामा रहेको पार्टीले युद्धकालमा कब्जा गरेको हरैयाको जमीनमा भौतिक सम्रचना निर्माण गरीरहेको अबश्थामा काम गर्न बन्द गरिएको र उक्त जमीन अहिले पनि पार्टीको कब्जामा रहेको कुरा पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । त्यसैगरी धनगढी उप–महानगरपालीका वडा नम्बर ७ बेलीमा नेकपाका स्थायी समिति सदस्य भरत सी, कक्षा ८ मा पढ्दै गरेकी उर्जावान विद्यार्थी अंगीता चौधरी र भलभन्सा शिवचरण चौधरीले संयुक्त रुपमा छ महिने पार्टी सुदृढिकरण तथा जन सम्बन्ध विस्तार अभियानको उद्घाटन गरिएको जानकारी गराईएको छ ।
साथै राष्ट्रिय माध्यामीक विद्यालय बेलीमा अध्ययानरत ८ जना असाहय तथा गरिब विपन्न विद्यार्थीहरुलाई शैक्षिक समाग्री सहयोग गरिएको स्थायी समिति सदस्य भरत सीले जानकारी गराए । उनले कक्षा ७ मा अध्ययनरत रामलाल चौधरी,रितु चौधरी, लाल राना,विक्रम सार्की र तिर्थ रावत, कक्षा ८ मा अध्ययारत अंगीता चौधरी, प्रीती राना र कक्षा ६ मा अध्ययनरत पार्बती रावतलाई पाठ्य सामाग्री सहयोग गरिएको उनले जानकारी गराए । पत्रकार सम्मेलनमा पत्रकार भानु भक्त आचार्यले सोधेको कब्जा जमीन सम्बन्धीको प्रश्नको उत्तर दिदै ईन्चार्ज भरत सीले भूमाफिया र दलालहरुले पार्टीको कब्जामा रहेको जमीन बेचविखन गरेको भए पनि पार्टीले नछोड्ने बताए ।
त्यसैगरी पत्रकार भावना जोशीले सोधेको भ्रष्टाचार र शैक्षिक शुल्क बृद्धीको प्रश्नको जवाफ दिदै शिक्षा सेवामुखि हुनु पर्ने बताउदै त्यसका शैक्षिक गुण स्तर कायम गर्न र शुल्क वृद्धीका विरुद्ध संघर्ष गर्ने पार्टीले निर्णय गरेको बताए । त्यसैगरी पत्रकारले साधेको निर्बाचन सम्बन्धी प्रश्नको जवाफ दिदै उनले निर्बाचन हुने नहुने अन्यौलता बढेको अबश्थामा भईहालेमा नेपाली विशेषताको समाजबाद प्राप्तीका लागी सहभागी हुने जानकारी गराए ।
उनले सहिद गोविन्द गौतम र सनराईजले सहित भिमदत्तपन्तको विरासत कायम राखेको बताउदै भ्रष्टाचार विरुद्धको लडाईमा पार्टीका नेताकार्यकताहरु सहिद भएको बताउदै केहीले अहिले पनि जेल जीवनविताई रहेको बताए । उनले स्थानीय स्तरमा भ्रष्टाचार विरुद्ध आवाज उठाउनु पर्ने बताउदै चिनसंगका बाटाहरु छिटो निर्माण गरिनु पर्ने बताए । चन्दाको विषयमा सोधिएको प्रश्नको जवाफ दिदै ईन्चार्ज भरत सीले चन्दा नभई सहयोग लिने गरेको बताए । त्यस्तो सहयोग सत्तामा रहेका पार्टीहरुले पनि लिने गरेको बताउदै उनले यसलाई सहज रुपमा लिनु पर्ने बताए ।