बैशाख २५ धनगढी । नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशले छ महिने पार्टी सुदृढिकरण तथा जन सम्बन्ध विस्तार अभियानको उद्घाटन गरेको छ । मंगलबार नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशले धनगढी उप–महानगरपालीका वडा नम्बर ७ बेलीमा रहेको चौधरी बस्तिमा छ महिने पार्टी सुदृढिकरण तथा जन सम्बन्ध विस्तार अभियानको उद्घाटन गरेको हो । मंगलबार विहान नेकपाका स्थायी समिति सदस्य भरत सी, कक्षा ८ मा पढ्दै गरेकी उर्जावान विद्यार्थी अंगीता चौधरी र भलभन्सा शिवचरण चौधरीले संयुक्त रुपमा पार्टी सुदृढिकरण तथा जन सम्बन्ध विस्तार अभियानको संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
अभियानको उद्घाटन गर्दै स्थायी समिति सदस्य रणविरले जनता र पार्टीको सम्बन्ध विस्तार गर्न अभियानको सञ्चालन गरिएको बताए । जनताको अबश्था उस्तै छ, हामी जनताका लागी लडीरहेका छौ जनताको जीवन स्तर उकासन जरुरी भएको बताए । निर्बाचनमा जनताका माझ जाने र सत्तामा गई सकेपछि जनतालाई विर्सने पार्टीका नेताहरुको संस्कारलाई तोड्न जरुरी भएको बताए । समाजबाद ल्याउनका लागी दलाल पुजीबादको अन्त्य हुन जरुरी भएको बताउदै उनले कमीशनको लोभमा नेपालमा केही गर्न नचाहने प्रवृतीको अन्त्य गरिनु पर्ने बताए । आफुलाई शिर्ष स्थानमा राखेर मन्त्री बन्ने सांसद बन्ने लोभमा परेर सबै पार्टी भित्र भाडभैलो मच्चिएको बताउदै उनले नेपाल कम्युनिष्ट पार्टी जनताको पार्टी भएकाले जनताको घरदैलोमा आएको बताए ।
जनता जनार्दन हुन, जनतालाई देखाएर खाने संस्कारको अन्त्य गर्दै जनतालाई अधिकार सम्पन्न बनाउन छ महिने पार्टी सुदृढिकरण तथा जन सम्बन्ध विस्तार अभियानको उद्घाटन गरिएको बताए । युवाहरुलाई विदेश पलायन गराएर गाउँमा मलामी नपाउने अबश्था आएको बताउदै उनले युवाहरुलाई नेपालमा रोक्नु पर्ने बताए । जनताको लागी पार्टी बनाउने उदेश्यका साथ जनसम्बन्ध जोडन र जनताका समस्यासंग एकाकार हुन नेता कार्यकर्ता गाउबस्तिमा केन्द्रित भएको बताए ।
पार्टीको केन्द्रिय योजना अनुसार सात वटै प्रदेशमा अभियानको उद्घाटन गरिएको बताउदै उनले देश र जनताको मुक्ती नहुँदा सम्म रगत बगाउन परे पनि पछि नपर्ने बताए । राट्रिय जागरण ल्याउन र आत्म निर्भर बन्न पनि अभियानको उदेश्य भएको बताउदै उनले कुसंस्कार कुरितीका पछाडी नलागी बैज्ञानीक सोच र विचारका साथ अगाडी बढ्नु पर्ने बताए । उनले कुनै जाती नभई सबै एउटै जाती सी जाती बनाउन सी संस्कृतीको विकास गर्दै पार्टी अगाडी बढेकाले जनताको साथ समर्थनको आवश्यकता भएको बताए ।
जनताको जीवनमा सुख शान्ती र सम्बृद्धी नआउदा सम्म निरन्तर लडीरहने प्रतिबद्धता जाहेर गर्दै उनले जनताको पार्टीले जनताका लागी निर्बाचनलाई समेत क्रान्तीको मोर्चाको रुपमा उपयोग गर्ने बताए । त्यसैगरी पार्टीका पोलीट ब्युरो सदस्य विकल्प सीले नेपाल कम्युनिष्ट पार्टी र जनताको सम्बन्ध नङ र मासुको सम्बन्ध भएको बताउदै यसलाई थप सुदृढ बनाउन छ महिने पार्टी सुदृढिकरण तथा जन सम्बन्ध विस्तार अभियान सुरु गरिएको बताए ।
उनले सबै खाले विकृती विसंगती र अन्याय अत्याचारको विरुद्ध जनता र पार्टीको सँम्बन्ध प्रगाढ बनाएर अगाडी बढ्नु पर्ने भएकाले अभियानलाई सफल पार्न आग्रह गरे । त्यसैगरी भलभन्सा शिवचरण चौधरील खानलाई जती सुकै पार्टी भए पनि देश र जनताका पक्षमा बोल्ने कम्युनिष्ट पार्टी मात्रै भएको बताए ।
उनले जनताका लागी पार्टीले संघर्ष गर्दै आएको बताउदै पाकेको फल सबैले खान खोज्ने बताए । नेपाल कम्युनिट पार्टी पाक्न लागेको फल हो, पाकी सके पछि खान आउनेको लाईन लाग्ने छ उनले भने । त्यसैगरी अभियान उद्घाटनको क्रम्मा आठ जना अनाथ बालबालीका हरुलाई कापीकलम वितरण गरिएको छ ।
राष्ट्रिय माध्यामीक विद्यालय बेलीमा कक्षा ७ मा अध्ययनरत रामलाल चौधरी,रितु चौधरी, लाल राना,विक्रम सार्की र तिर्थ रावत, कक्षा ८ मा अध्ययनरत , अंगीता चौधरी, प्रीती राना र कक्षा ६ मा अध्ययानरत पार्बती रावतलाई कापीकलम वितरण गरिएको हो ।