"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

रानीजमरा आयोजनाको कृषि कार्यक्रमद्वारा सात हजार चार सय आठ वटा पशुपन्छीको उपचार

Khabar Raftar

बैशाख २४ धनगढी । कैलालीको टीकापुरमा रहेको रानीजमरा कुुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले सात हजार चार सय आठ वटा पशुपन्छीको उपचार गरेको छ । आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी सात हजार चार सय आठ वटा पशुपन्छीको उपचार गरेको हो । आयोजनाले पशु स्वास्थ्यका हिसाबले उपचार सेवा लिन टाढा रहेका वडा टीकापुर नगरपालिका वडा नम्बर–४ मौरनीया, वडा नम्बरं ७ दिव्यपुर, जानकी गाउँपालिका वडा नंम्बर २ बडरिया, वडा नंम्बर ६ जगतपुर र लम्की चुहा नगरपालीबा वडा नम्बर ७ चाङ्गावाणीमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी उपचार गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

शिविरमा उपचारसँगै आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको बताइएको छ । टीकापुर नगरपालीका वडा नम्बर–४ मा भएको पशु स्वास्थ्य शिविरमा ९३ गाईभैँसी, चार सय ६८ भेडाबाख्रा, २४ बङ्गुर, एक हजार चार कुखुरा, नौ कुकुरको उपचार गरिएको पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारतीले जानकारी गराए । त्यस्तै टीकापुर नगरपालीका नम्बर–७ दिव्यपुरमा भएको शिविरमा ६७ गाईभैँसी, तीन सय ४४ भेडाबाख्रा, १७ बङ्गुर, नौ सय ८३ कुखुराको उपचार गरिएको उनले बताए ।

जानकी गाउँपालीका वडा नम्बर–२ बडरियामा ६६ गाईभैँसी, छ सय ९३ भेडाबाख्रा, १५ बङ्गुर, दुई सय ७९ कुखुरा, जानकी गाउँपालीका वडा नम्बर–६ जगतपुरमा एक सय ४९ गाईभैँसी, छ सय ४८ भेडाबाख्रा, ५४ बङ्गुर, एक हजार छ सय ४४ कुखुरा, २४ बिरालोको उपचार गरिएको पशु स्वास्थ्य प्राविधिक भारतीले जानकारी गराए । उनका अनुसार लम्कीचुहा नगरपालिकाको चाङ्गावाणीमा भएको शिविरमा ७८ गाई भैँसी, तीन सय ५५ भेडा बाख्रा, चार सय ३२ कुखुरा, सात वटा कुकुर बिरालाको उपचार गरिएको छ । “पाँचवटै स्थानमा गरी चार सय ६२ गाईभैँसी, दुई हजार पाँच सय ४२ भेडाबाख्रा, एक सय २२ बङ्गुर, चार हजार तीन सय ४२ कुखुरा हाँस र ४० कुकुर बिरालोको उपचार गरिएको उनले जानकारी गराए ।

“पशुपालक किसानलाई गाउँमै सेवा दिने उद्देश्यले उपचारका लागि विकट रहेका वडामा शिविर आयोजना गरेको बताउदै उनले। शिविरले किसानलाई धेरै लाभ भएको बताए । पाँच दिनसम्म चलेको पशु स्वास्थ्य शिविरमा छ सय २५ किसानले सेवा लिएको जानकारी गराउदै उनले आयोजनाले ग्रामीण क्षेत्रमा रहेका किसानलाई पशुपन्छीको उपचारमा सहजताका लागि गाउँगाउँमा गएर स्वास्थ्य सेवा दिएको बताए । कार्यक्रममा पशु चिकित्सक डाक्टर नीराजन चौधरी सहित टीकापुर, लम्कीचुहा र जानकी तीनवटै पालिकाका प्राविधिकले उपचारमा सघाएको उनले जानकारी गराए ।

पशु प्राविधिक भारतीले हरेक वडाका वडाध्यक्षसँगको समन्वयमा कार्यक्रम गरिएको, शिविर आयोजना गर्दा जनप्रतिनिधि र बडघरको सहयोगमा गाउँका किसानले स्थानीयस्तरमै सेवा पाएको बताए । पशुमा स्वास्थ्य समस्या भएमा टाढा लगेर उपचार गर्नुपर्ने वा निजी एग्रोभेटका प्राविधिक घरमा लैजाँदा खर्चिलो उपचार गर्दै आएका स्थानीय गाउँमै उपचार पाएपछि खुसी भएका छन् ।

टीकापुर नगरपालीका वडा नम्बर–७ बेलुका किसान फुलराम चौधरीले सपना कृषि फर्म खोलेको बताउदै गाउँमै पशु स्वास्थ्य शिविर आयोजना भएपछि १० वटा भैँसी र पाँच वटा बाख्राको स्वास्थ्य परीक्षण गरेको बताए । समय समयमा यस्ता खाले शिविर आयोजना गर्नुपर्ने बताउदै उनले गाउँमै पशुको उपचार सेवा पाउँदा खुसी लागेको बताए । पशुपन्छीमा समस्या भए टाढा टीकापुर लैजानुपर्ने समस्या भएको बताउदै उनले निजी पशु प्राविधिक घरमै ल्याउनुपर्ने अबश्थामा गाउँमै पशुको उपचार सेवा पाउँदा किसनहरु खुसी भएको बताए ।

भर्खरै

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा
पञ्चेश्वर आयोजना अघि बढाउने सहमति
माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो
कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी
व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र
सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए
अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश
३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना
प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोडको कारोबार, २७ हजारले गरे अवलोकन
सम्झौता भएको २ बर्ष वित्यो ६ लेन सडकको गोदावरी क्षेत्रमा अझै स्ट्रिट लाइट जडान हुन सकेन

धेरै कमेन्ट गरिएको

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

download

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

pancheswar

पञ्चेश्वर आयोजना अघि बढाउने सहमति

1-5-1024x462

माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो

gahu

कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी

budhiganga-7-bajura

व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र

sup-samabesi

सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए

BAYALPATA-HOSPITAL

अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश

cropped-cropped-khabar-raftar-2.png

३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना