बैशाख २३ धनगढी । साढे पाँच लाखका अवैध मोबाइल सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर–४ ओमशान्ति टोलबाट भारतको लखिमपुर खिरीका २३ वर्षीय आयुष गुप्तालाई भन्सार छलीका मोबाइल सहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा सरल सिंहको घरको कोठाबाट पाँच लाख ३२ हजार आठ सय १० रुपैया बराबरका मोबाइल सहित गुप्तालाई पक्राउ गरिएको हो । प्रहरी सहायक निरिक्षक गजेन्द्रबहादुर चन्दको टोलीले सामसुङ कम्पनीका ५८ थान मोबाइल, नोकिया कम्पनीका ५२ थान, गलास २६ प्याकेट, क्यामेरा गलास ३ सय २८ पिस, पाँच रोल चार्जर, सादा मोबाइलका डिस्पिले ३ सय ७९ पिस, ६ डिब्बा मोबाइल पार्ट, ३ सय ३९फोल्डर बरामद गरिएको बताइएको छ ।
गुप्ता सहित भन्सार छलीका मोबाईल कारबाहीका लागि कैलाली भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।