"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीको सुख्खडमा बैशाख २८ देखी फुटबल प्रतियोगिता हुने

Khabar Raftar

बैशाख २२ धनगढी । कैलालीको सुख्खडमा बैशाख २८ गते देखी जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । शनिबार कैलालीको घोडाघोडीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तीव्र तयारी भइरहेको जानकारी गराइएको छ । कैलाली जिल्ला लिग फुटबल संघको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता वैशाख २८ गते देखी ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने महासचिव ललित मिश्रले जानकारी दिए । घोडाघोडीमा उनले बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

अखिल नेपाल फुटबल संघ एन्फाको दीर्घकालीन फुटबल खेलको विकासको लागि प्रतियोगिता आयोजना हुन लागेको उनले बताए । प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरि २० टिमको सहभागी रहने महासचिव मिश्रले जानकारी दिए । २८ गते देखी प्रत्येक दिन ३ खेल खेलाइने उनले जानकारी गराए । कैलालीमा पहिलो पटक जिल्ला लिग फुटबल प्रतियोगिता विजेताहरूको लागि पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

ए डिभिजन लिगको विजेता क्लवले ७५ हजार र दोस्रो हुने क्लवले ३७ हजार ५ सय पुरस्कार पाउने उनले बताए । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने उनले जानकारी गराए । जिल्ला लिग फुटबल प्रतियोगिताको लागि शनीबार ट्रफि पनि सार्वजनिक गरिएको छ ।

राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काले प्रतियोगिताको ट्रफि सार्वजनिक गरेका हुन् । ट्रफि सार्वजनिक गर्दै उनले घोडाघोडी नगरपालिकाका मेयर खडक रावत, प्रवक्ता घनश्याम ओझा र स्थानीय आयोजक घोडाघोडी क्लबका होम तामाङलाई ट्रफि हस्तान्तरण गरेका थिए ।

ट्रफि सार्वजनिक कार्यक्रममा घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले खेलकुदका गतिविधि बढाउन नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । पूर्व कप्तान खड्काले मोफसलमा फुटबलप्रतिको आकर्षण लोभलाग्दो भएको बताए । उनले सरकारले खेलकुद मैत्री नीति बनाउनु पर्नेमा जोड दिए । कैलाली जिल्ला लिग फुटबल सघका अध्यक्ष अनिल मल्लले घोडाघोडीको हुने लिग प्रतियोगिता अहिले सम्मकै उत्कृष्ट हुने बताए ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ