बैशाख २२ धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषिमा आधारित उधोगलाई बढुवा दिने सरकारी नीति रहेको बताएका छन । नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाएर उधोगलाई बढुवा दिने सरकारी नीति रहेको उनले बताएका हुन ।
प्रेस चौतारी नेपालले शनीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्यमशिलता र रोजगारीविना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्ने बताए । उद्योग र उद्यमशिलताको विकासविना मुलुकमा समृद्घि नआउने बताउदै मन्त्री भण्डारीले समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन र विकासमा सरकार लागेको बताए ।
उनले स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवद्र्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्नेसमेत बताए । उनले स्थानीय उत्पादनमा आधारित उद्यममा जोड दिदै स्थानीय उत्पादन बढाउनु जरुरी भएको बताए । कृषिमा आधारित उद्योगलाई बढावा दिने सरकारको नीति पनि भएको बताउदै उनले कृषी उत्पादनमा जोड दिनु पर्ने बताए ।