प्रदिप मलासी,बैशाख २१ बझाङ । यही बैशाख १५ गते सम्पन्न भएको उपनिर्वाचनमा पराजित भएका नेपाली काँग्रेसका उमेदवार अभिषेकबहादुर सिहले मतदातालाई धन्यवाद दिन घर दैलोे कार्यक्रम सुरु गरेका छन । बझाङ क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्य बनेका स्वर्गिय पृथ्वी बहादुर सिंहको २०७९ असार ५ सवारी दुर्घटनामा निधन भए पछि २०८० बैशाख १५ गते भएको उपनिर्वाचनमा उनका जेष्ठ सुपुत्र अभिषेक बहादुर सिंह उप निर्बाचनमा उम्मेदार बनेका थिए । उम्मेदवार सिहले आफु पराजित भएपनि आफ्ना मतदाताले दिएको मतको कदर गर्दै धन्यवाद दिन घरदैलो कार्यक्रम सुरु गरेका हुन ।
निर्वाचनमा एमालेका दमन ् भण्डारीले ११ हजार ६ सय १२ मत ल्याई बिजयी भएका थिए भने काँग्रेसका अभिषेकबहादुर सिहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए । सिह २ सय ६६ मतले पराजित भएका थिए । सिहले आफ्ना बुवा पृथ्वीबहादुर सिहको निधन भए पछि उक्त निर्वाचन क्षेत्रमा निर्वाचन लडेका थिए । सिहकक बुवा र आमाको सवारी दुर्घटनमा निधन भएको थियो । आफु पराजित भएपछि काँग्रेसका उमेदवार सिहले आफुलाई विश्वास गरी मतदिने मतदातालाई धन्यवाद दिन घरदैलो कार्यक्रम सुरु गरेको बताए । म पराजित भएको हु तर, मलाई मत दिने जनतालाई मैले अवमुल्यन गर्न मिल्दैन, मलाई जिताउन मत दिएका मतदातालाई म सम्मान गर्छु उनले भने ।
आफु निर्बाचनमा पराजित नभई उपबिजेता भएको बताउदै उनले मतदान गर्ने मतदाताहरुलाइ धन्यबाद ज्ञापन गर्न बिहिबार जिल्लाको तल्कोट गाउपालिका र मष्टा गाउपालिका पुगेको बताए । आफुले बुबा आमा गुमाएको समयमा जनताले अभिभाबक भएर मत दिएको बताउदै उनले निर्वाचन क्षेत्र नम्बर १ का विभिन्न पालिकाका र वडामा पुगेर धन्यवाद ज्ञापन गर्न अभियन सुरु गरेको बताए । निर्वाचनमा पराजित भए पनि पुन मतदातालाई धन्यवाद दिन आफ्नो निर्वाचन क्षेत्रका विभिन्न पालिका र वडाहरूमा पुग्ने उनले बताएका छन । लामो समय देखि नेपाल बिध्यार्थी संघको राजनितिमा आबद्व हुँदै नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल बझाङको क्षेत्रिय सचिव र हाल नेपाली काँग्रेस बझाङको जिल्ला कार्य समिति सदस्य सिंह युवा लोकप्रिय नेताका रुपमा परिचित व्यक्ति हुन ।
आमा बुबाको मृत्यु पछि शोकलाई शक्तिमा बदल्न नेपाली काँग्रेस केन्द्रीय समितिले सिंहलाइ टिकट दिएर उपनिर्वाचनमा लडाए पनि झिनो मतान्तरले पराजित सिंह यति बेला आफुलाई जनताले दिएको मत प्रति गर्व गर्दै मतदातालाई धन्यवाद दिने कार्यक्रममा व्यस्त रहेका छन । निर्वाचनमा झिनो मतान्तरले पराजय भए पनि जनताले आफ्नो पार्टी र आफुलाई दिएको मतको सम्मान गर्न आफूहरू जनताका बिचमा आएको युवा नेता सिहले बताए । निर्वाचन जितेपछि वा पराजय भएपछि जनताका बिचमा नआउने गुनासोलाई सम्बोधन गर्न घरदैलो भेटघाट तथा धन्यवाद कार्यक्रम गरिरहेको उनले बताए ।
सिहले कर्मको फल आफ्नो नियन्त्रणमा नरहेको बताएका छन ्। मतदातालाई धन्यवाद दिँदै कर्मको फल आफ्नो नियन्त्रणमा नरहेको र त्यसलाई सहज रुपमा ग्रहण गर्ने उनले बताए । मतदाताले गरेको सहयोग प्रति आफू सदैब ऋणी भएको उनले बताए । २ सय ६६ मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुखीभएको बताउदै उनले समाज र देश रूपान्तरणको यात्रामा पहिले भन्दा झन् बढी दृढ भएको बताए । झुठ बोलेर मत नमाग्ने बताउदै उनले चुनाव जित्ने देश हार्ने राजनीति नगर्ने बताए । मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू प्रति गहिरो आभार प्रकट गर्न चाहन्छु उनले भनेका छन ।