भरखरै १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । नेताहरुले भाषण गरेर मनाउने श्रमिक दिवसको कुनै अर्थ छैन । श्रमिक मज्दुरहरुको समस्यालाई बुझेर उनीहरुको हितमा काम गर्न सके मात्र श्रमिक दिवस मनाउनुको सार्थक अर्थ हुने छ । सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारा सहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ ।
आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट हुँदा बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्दा प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता समेत हासिल गरेको थियो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।
त्यसपछि सन् १८९० देखि हरेक वर्ष अंग्रे्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन सुरु गरिएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सरकारले सार्वजनिक विदा दिने गरेको भए पनि श्रमिक समुदायका लागी सरकारले उल्लेख्य कामहरु गर्न नसकेको अबश्था छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसमा एक दिन सम्झीने र बाँकी ३ सय ६४ दिन विर्सने काम भएको छ । सरकारले नीति, कार्यक्रम र बजेटमा श्रमीक समुदायका लागी ब्याबश्था गर्न जरुरी छ । उत्पादकत्व वृद्धि र रोजगारी सृजना गरी उचित पारीश्रमको ब्याबश्था गर्न आवश्यक छ । नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ महत्व दिन जरुरी छ ।
राष्ट्रिय े विकासमा महत्वपूर्ण योगदान गर्ने श्रमीक मज्दुर बर्गलाई सरकारले नीति, कार्यक्रम र बजेटमा समेटन जरुरी छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझेर बाह्रै महिना श्रम पसिना बगाउने श्रमीक मज्दुरहरुको समस्यालाई मध्येनजरगरी सरकारले उनीहरुको पक्षमा ब्याबश्था गर्न जरुरी छ ।