बैशाख २० धनगढी । भारतको पलियामा बेहोस भेटिएका तीन जना किशोरीको भारतीय प्रहरीले उद्धार गरेको छ । पलियामा लागुऔषध सेवन गरी बेहोस भेटिएका तीन जनालाइ भारतीय प्रहरीले गौरीफन्टा पु¥याएर उद्धार गरेको हो । सडकमा बेहोस भेटिएका दुर्व्यसनी किशोरीहरूलाई भारतीय प्रहरीले गाडीमा राखेर नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टा पु¥याएर नेपाल प्रहरीको जिम्मा लगाएको बताईएको छ ।
धनगढीकी चन्द्रा विक, रिया पाली र माया पालीलाई भारतीय प्रहरीले पलियाबाट गौरीफन्टा सम्म ल्याएर नेपाल प्रहरीलाई बुझाएको बताईएको छ । उनीहरूलाई सीमा क्षेत्रमा रहेको शान्ति पुनर्स्थापना गृहबा उनीहरूका अभिभावकहरूले लगेर गएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कवीन्द्र सिंह बोहराले बताए । किशोरीहरूलाई भारतीय प्रहरीले गौरीफन्टा सम्म ल्याएको उनले जानकारी गराए ।
उनीहरू तीनै जना दुर्व्यसनीहरू रहेको उनले जानकारी गराए । मंगलवार एक जना र बुधवार २ जना किशोरीहरूलाई भारतीय प्रहरीले गौरीफन्टा सीमा क्षेत्र सम्म ल्याएको उनले बताए । भारतीय प्रहरीले नेपाली दुर्व्यसनीहरूको सूचि समेत बनाउने उनले जानकारी गराए । भारतीय बजार पलियामा नेपाली दुर्व्यसनीहरूको संख्या बढेपछि प्रहरीले सूचि बनाउने र उनीहरुलाई नेपालसम्म ल्याउने गरेको उनले जानकारी गराए ।
भारतीय प्रहरीका अधिकारी यादवेंद्र यादवले पलिया, वन गाउँ लगाएतका सहरहरू लागुऔषध सेवनकर्ताहरूको अखडा बन्दै गएको बताएको उनले बताए । नेपाली सेवनकर्ताहरूको कारण पलिया बदनाम हुन थालेकाले उनीहरूको सूचि तयार गर्ने, पक्राउ गर्ने र नेपाल सम्म ल्याउने काम भारतीय प्रहरीले थालेको उनले बताए ।
नेपाल–भारत सीमा क्षेत्रहरूमा नेपाल प्रहरीले उनीहरूलाई निगरानीमा राख्न सहज होस् भनेर भारतीय प्रहरीले सूचि तयार गर्ने काम थालेको बताउदै उनले नेपाल–भारत खुल्ला सीमानाका कारण नेपाल प्रहरीलाई दुर्व्यसनीहरूलाई रोक्न समस्या भएको बताए ।