"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

ईन्सेकद्वारा आयोजीत मानव अधिकार अनुगमन सम्बन्धि क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न

Khabar Raftar

चैत्र २९ धनगढी । कैलालीको धनगढीमा मानव अधिकार अनुगमन सम्बन्धि क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक सुदूरपश्चिम प्रदेश धनगढीले आयोजना गरेको मानव अधिकार अनुगमन सम्बन्धि क्षमता अभिवृद्धी कार्यक्रम विहिबार सम्पन्न गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख हरी प्रसाद ज्ञवालीले मानव अधिकारको अनुगमन,सूचना संकलन तथा प्रतिबेदन लेखन सम्बन्धि विषयमा जानकारी मूलक पस्तुती प्रस्तुत गर्नु भएको थियो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सूचना मात्र प्रयाप्त नहुने बताउदै उनले सूचना सहि गलत केहो भन्ने विषयमा जानकारी प्राप्त गरी घटनाको अनुसन्धान गरिनु पर्ने बताउनु    भयो । उनले सूचना संकलन गर्नु, जाच गर्नु र अनुसन्धान गर्नु अनुगमनको मुख्य पाटो भएको बताउनु भयो । उनले सूचना संकलन, जाच,अनुसन्धान र अनुगमन पछि तयार गरिएको कागजातलाई अभिलेखीकरण गर्न जरुरी भएको बताउदै त्यस्ले वकालात गर्न सहज हुने बताए ।

उनले अनुगमन, तथ्य संकलन एवं अनुसन्धानका आधारभूत सिद्धान्तहरु कसैलाई हानी नपु¥याउने, गोपनीयता, परामर्श, विश्वस्नीयता र सुरक्षालाई ध्यानमा राखेर अनुगमन गरिनु पर्ने जानकारी गराए । उनले मानव अधिकारको उल्लंघन र अपराध अनुसन्धान विचको अन्तर बारे जानकारी राख्नु पर्ने बताउदै अनुगमनका महतवपूर्ण कुराहरु तयारी,ब्याक्तिगत,सूचना,डेक्स, निरन्तर अवलोकन,सुक्ष्म अध्धययन, ब्याक्तिगत र टिमको सुरक्षाको विषयमा ध्यान दिनु पर्ने बताए । त्यसैगरी उनले अनुगमन अघि प्रश्नहरुको परिक्षण गर्नुका साथै कस्तो खालको मुद्धा, घटना हो,आरोपीत,पीडकहरु को हुन, कस्तो खालको हीतक्षेपका लागी अनुरोध गरिएको छ भन्ने विषयमा स्पष्ट हुनु पर्ने बताए ।

घटना स्थलको विद्ययमान अबश्था कस्तो छ, अनुसन्धानकर्ताहरु, पीडितहरु तथा साक्षीशहरुलाई हुन सक्ने जोखिमको पहिचान गरी जोखिम न्यूनीकरण गर्नका लागी कस्तो नीति र रणनीतिहरु अपनाउन सकिन्छ भन्ने विषयमा जानकार हुनु पर्ने बताए । राष्ट्रिय अनुगमन कर्ताहरु ः राष्ट्रिय मानव अधिकार आयोग,मानव अधिकार सम्बन्धिी क्रियाशिल नेपाली गैर सरकारी संस्थाहरु, नागरिक समाज, मानव अधिकार संरक्षणका लागी सहयोगी पेशागत संगनहरु बार एशोसिएसन,न्यायीक संगठनहरु , सरकारद्वारा स्थिापीत संगठनहरु महिला आयोग,दलित आयोग,जनजाती आयोग,थारु आयोग,मधेशी आयोग, सरकारी सम्यन्त्रहरुप्रधान मन्ँत्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल प्रहरी र नेपाली सेनाले मान अधिकार अनुमन गर्ने उनले जानकारी गराए । उनले अनुगमनलाई सहज बनाउन र मान अधिकारको रक्षा गर्न विभेदमा परेको समुदाय,दलित महिला सबैको प्रोफाईल बनाउन जरुरी भएको बताउदै अहिले सम्म बन्न नसकेको बताए ।

प्रमुख ज्ञवालीले त्यसका लागी सम्बँिधत निकायसंग परामर्श गरी २५ लाख बजेट छुट्टयाउन सफल भए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताए । त्यसैगरी ईन्सेक सुदूरपश्चिम प्रदेश प्रमुख खडक राज जोशीले जातीय सवालमा दलितहरुले मात्र बोल्नु पर्ने अबश्था रहेको बताउदै उनले जसको सवाल उसको नेर्तत्व भए पनि सबैले साथ दिनु पर्ने बताए । कसरी ब्यबश्थीत रुपमा काम गर्न सकिन्छ भनेर कार्यक्रमको आयोजना गरेको बताउदै उनले सूचना हुने सबैसंग साधनस्रोत नहुने भएकाले मीलेर काम गर्नु पर्ने बताउनु भयो । दैनीक विभेदका घटनाहरु भई रहेको बताउदै संयोजक जोशीले तिम बनाएर जादा काम गर्न सहज हुने बताए ।

उनले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका विषयमा ब्याबश्था गरिएको जानकारी गराउदै कानुनी उपचारका लागी दश हजार सम्म उपलब्ध गराउने जानकारी गराए । त्यसैगरी कार्यक्रम्मा सहभागीहरुले काम गर्दा सुरक्षाको प्रत्याभूती हुन नसकेको बताएका थिए । दलित महिला संघ फेडोकी अध्यक्ष सविना सुनारले सँम्बन्धीत निकाय जिम्मेवार हुन नसकेको बताउदै जीम्मेवार बनाउन सबैको दबाब आवश्यक भएको    बताईन । उनले राष्टिय« मानव अधिकार आयोगको कार्यालय सम्म पीडितहरुले विभिन्न कारणले पुग्न नसकेको उनले बताईन । घटनालाई सम्बन्धीत निकाय सम्म पु¥याउने पद्धती स्थापीत हुन नसकेको सहभागीहरुले बताएका थिए ।

भर्खरै

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै
तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी
सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो
महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक
कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

धेरै कमेन्ट गरिएको

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

kk

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

42810545-0eda-44c2-99bd-ff6affc2bebe

तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी

sariya

सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो

indra

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

cropped-cropped-khabar-raftar-2.png

कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता