चैत्र २० धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले मंगलबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिनको लागि सूचना दर्ता गराएका छन् ।
मुख्यमन्त्री शाहको पत्र दर्ता पछि चैत २२ गते दिउँसो ३ बजे बैठक आह्वान गरिएको सभामुख भीम भण्डारीले जानकारी गराए । साथै चैत २१ गते बुधबार ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको उनले बताए । फाुगन २३ गते माओवादीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।
अहिले कांग्रेसका १८, माओवादीका सभामुख सहित ११ एमालेका १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ७, नेकपा एकीकृत समाजवादीका ४ साथै स्वतन्त्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १÷१ जना संसद छन् । विश्वासको मतका लागि वातावरण बनाउन मुख्यमन्त्री शाह सोमबार बेलुका काठमाडौं गएका छन् ।