"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

आफन्तबाटै पटक पटक बालिका बलात्कृत, एक जना पक्राउ

Khabar Raftar

फागुन ०१ डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाकी एक जना १२ वर्षीया बालिका पटक पटक आफन्तबाटै बलात्कृत भएकी छिन् । उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घटना बाहिर आएको हो । उपचारका लागि अस्पताल पुगेकी बालिका आफन्त र गाउँकै एक युवाबाट बलात्कृत हुनु परेको खुलेको प्रहरीले जनाएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

आइतबार उपचारका लागि आफन्त सहित पर्शुराम नगरपालिकाको जोगबुडा अस्पताल पुगेकी बालिकाको उपचारमा संलग्न चिकित्सकले बालिकामाथि बलात्कार भएको आशंका गरेपछि प्रहरीलाई खबर गर्दा घटना बाहिरिएको हो । प्रहरीले अनुसन्धान गर्दा बालिका पटक पटक बलात्कारको सिकार भएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकले बताए ।

गत वर्ष भदौमा काका नातापर्नेबाट बलात्कृत भएकी बालिका फेरि गएको माघ ६ गते एक स्थानीय युवकबाट बलात्कृत भएको उनको बयानबाट खुल्न आएको प्रहरीले जनाएको हो । पीडित बालिकाले डर, धम्कीका कारण घटनाबारेमा कसैलाई पनि नभनेको प्रहरीले बताएको छ । अहिले बालिकालाई आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय पु¥याइएको बताईएको छ ।

पीडित पक्षको जाहेरीका आधारमा बलात्कार गरेको आरोपमा आलितालका २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरी वरिष्ठ नायब निरीक्षक करवीरसिंह ऐरले जानकारी गराए । वृद्ध हजुरबुवा र हजुरआमासँग बस्दै आएकी ती बालिकाका काका नाता पर्ने व्यक्ति भने अहिले भारतमा रहेको बतार्ईएको छ ।

बलात्कारको घटना ढाकछोप गर्न उनी भारत गएको हुन सक्ने प्रहरीले आशङका गरेको छ । बालिकाका आमाबाबु कामका सिलसिलामा भारतमा रहेको बताइएको छ ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?