"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

टेलिकमको कवाड ठेक्कामा करोडौं अनियमितताको आंशका,प्रशासनले छानबिन गर्ने

Khabar Raftar

पाखैष २६ धनगढी । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुदूरपश्चिमबाट तामाजन्य कवाडी (स्क्रप कपर केबल) सामानको लिलाम बिक्रिका क्रममा करोडौं रकम अनियमितता भएको आंशका गरिएको छ । तीन दिन अघि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको निर्देशनमा प्रहरीले टेलिकमको दुर संचार कार्यालय गेटाबाट सामग्री लोड गरेर जाने क्रममा दुुई वटा लोड ट्रक नियन्त्रणमा लिए पछि अनियमितताको आंशका गरिएको हो । नियन्त्रणमा लिइएका लोड ट्रकको तौल गरेर जिम्मा राख्न प्रमुख जिल्ला अधिकारी मिश्रले प्रहरीलाई निर्देशन दिएका थिए । टेलिकमको अभिलेख भन्दा प्रहरीले नियन्त्रणमा लिएका ट्रकको तौल झण्डै दोब्बर देखिए पछि अनियमितताको आंशका गरिएको हो । अनियमितता भएको आशंकामा स्थानीय प्रशासनले छानबिन समिति गठन गरेको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

नेपाल टेलिकमको दुुरसंचार कार्यालय गेटा गोदामबाट १५ हजार ६ सय ७९ किलो (१५.६७९ टन) निकासी भएको अभिलेख छ । तर प्रहरीले नियन्त्रणमा लिइएका दुई वटै लोड ट्रकको कूल तौल ५१ हजार ८ सय ३५ किलो (५१.८३५ टन) देखिएको छ । दुई वटा ट्रक मध्ये रा १ ख ३२०६ नम्बरको लोड ट्रक ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले आइतबार गेटाबाट नियन्त्रणमा लिएको थियो । ईलाका प्रहरी कार्यालयका एक जना प्रहरी अधिकृतका अनुसार उक्त लोड ट्रकको तौल २७ हजार ८ सय ३५ किलो (२७.८३५ टन) रहेको छ । गेटाबाटै समान लोड गरेर नेपालगञ्ज जादै गरेको ना ६ ख ४६० नम्बरको ट्रकलाई पनि आइतबार नै सशस्त्र प्रहरीको टोलीले कैलालीकै हसुलियाबाट नियन्त्रणमा लिएको हो ।

उक्त लोड ट्रकको तौल २४ हजार किलो (२४ टन) भएको जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले बताए । उक्त ट्रक जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । १२ चक्के खाली ट्रकको तौल अधिकतम १२ टन हुन्छ । त्यस हिसावले दुुई वटै खाली ट्रकको अधिकतम तौल २४ टन छ । टेलिकमको अभिलेखमा भने १५.६७९ टन मात्र उल्लेख छ । त्यस हिसावले १२.१५७ टन तामाजन्य सामान टेलिकमबाट अनियमितता भएर निकासी भएको देखिएको हो । यस कार्यमा प्रहरीका केही अधिकृतहरु, टेलिकमका कर्मचारी र ठेकेदार कम्पनीबीच मिलेमतो भएको आशंका रहेको सुरक्षा स्रोतका एक अधिकृतले बताए । यस बारेमा कैलाली प्रहरी स्पष्ट प्रतिक्रिया दिनबाट पन्छिदै आएको छ ।

निर्देशनालयका अनुसार प्रवल थापाको नाममा रहेको बिएसएल कन्स्ट्रक्सन काठमाण्डौं नामक कम्पनीले टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयसग ठेक्का सम्झौता गरेको थियो । टेलिकमको सम्पर्कमा कम्पनीको तर्फबाट श्याम कुमार जैशवालले कारोबार हेर्ने गरेको निर्देशनालयका उप प्रबन्धक गोबिन्द सिंह धामीले बताए । निर्देशनालयका अनुसार टेलिकमले उपलब्ध गराउने तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामान खरिदकर्ता कम्पनीले टेलिकमसँग प्रतिकिलो भ्याट सहित ८ सय ५० रुपैया ८९ पैसामा खरिद सम्झौता भएको छ ।
त्यस हिसावले १२.१५७ टन हिनामिना भएको देखिएको छ ।

उक्त परिमाणको खरिद मूल्य एक करोड तीन लाख ४३ हजार ४१८ रुपैया हुन आउछ । जो टेलिकमलाई नोक्सान हुने देखिएको हो । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका प्रमुख किशोर भट्टले आफ्नो कार्यालयका तर्फबाट कुनै त्रुटी नभएको दाबी गरेका छन् । उनले कार्यालयको कुनै त्रुुटी नभएको बताउदै आरोपमा कुनै सत्यता नभएको बताए । कुनै तलमाथि नहोस् भनेर कार्यालयका तर्फबाट उप प्रबन्धक गोबिन्द सिंह धामीको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले सबै हेर्ने संरचना बनाएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीको संयोजकत्वमा तीन वटै सुुरक्षा निकायका प्रतिनिधि, प्राविधिक र गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि सम्मिलित छानवीन समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी मिश्रले उक्त बिषयमा सुक्ष्म तरिकाले अनुसन्धान भैरहेकाले दोषी कोही पनि उम्कन नपाउने बताए । यस्का लागी छानवीन समिति गठन गरेको यथासक्य चाँडो प्रतिवेदन दिन निर्देशन गरिएको बताए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस