पौष ०५ धनगढी । नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रहरीका एक जना हवलदारमाथि हातपात गरिएको छ । धनगढीसँग सीमाना जोडिएको गौरीफन्टामा भारतीय नागरिकले नेपाल प्रहरीका हवलदार विष्णु भुलमाथि हातपात गरेका हुन् ।
सामाजिक सञ्जालहरूमा प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ भाइरल भएको छ । भिडिओमा चार जनाले एक प्रहरीको कठालो समातेको देख्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब निरीक्षक प्रकाश डाँगीले भिडिओमा देखिएका प्रहरी हवलदार विष्णु भुल रहेको बताए । उनी प्रहरी चौकी डोकेबजारमा कार्यरत रहेको उनले जानकारी गराए ।
मंगलवार प्रहरी हवलदार भुल आफ्नो व्यक्तिगत कामले कञ्चनपुर पारी भारतीय बजार पुगेकोमा भारतीयसँग विवाद हुँदा उनीमाथि दुर्व्यवहार भएको डाँगीले जानकारी गराए । प्रहरी हवलदार भुललाई कुनै चोटपटक नलागेको डाँगीले बताए ।
Post Views: 99