"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

धनगढी उपमहानगरपालिकामा जग्गा प्लटिङ कार्यविधि खारेजीका लागि प्रस्ताव दर्ता

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

पौष ०४ धनगढी । धनगढी उप महानगरपालिकामा जग्गा प्लटिङ कार्यविधि खारेजीका लागि प्रस्ताव दर्ता गरिएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले एकलौटी रुपमा पास गरेर राजपत्रमा प्रकाशित गरेको भन्दै जग्गा प्लटिङ कार्यविधि खारेजीका लागी बहुसंख्यक कार्यपालिका सदस्यहरूले बुधवार उपमहानगरपालिकामा प्रस्ताव दर्ता गरेका हुन् ।

वडाध्यक्ष सहितका कार्यपालिका सदस्यहरूले सामूहिक निर्णय गर्दै उक्त कार्यविधि खारेजीको पक्षमा प्रस्ताव दर्ता गराएका हुन । वडाध्यक्ष तथा उपस्थित कार्यपालिका सदस्यहरूको तर्फबाट कार्यपालिका सदस्य चक्र नेपालीले उप महानगरपालिकाका डिल्ली ओझालाई आफूहरूको निर्णय सहितको जग्गा प्लटिङ कार्यविधि खारेजी प्रस्ताव दर्ता गर्न पत्र हस्तान्तरण गरेका थिए ।

कार्यपालिका सदस्यहरूको निर्णयमा कार्यविधि सम्बन्धमा कार्यपालिका सदस्यहरूले अध्ययन गरी व्यापक छलफल गरिसके पश्चात् मात्र पाश गर्ने भनि बैठक टुङ्गिएकोमा नगरप्रमुख हमालले एकल निर्णय गरी स्थानीय राजपत्रमा प्रकाशित भएकोमा उक्त कार्यविधि सम्बन्धमा नगर कार्यपालिका सदस्यहरूको पूर्ण असन्तुष्टि रहेको हुँदा कार्यविधि खारेजीका लागि नगर कार्यपालिकाको सचिवालयमा उक्त प्रस्ताव दर्ता गराउने निर्णय गरिएको उल्लेख गरिएको छ ।

कार्यविधि खारेजीका लागि प्रस्ताव दर्ता गर्दै कार्यपालिका सदस्य नेपालीले मेयर हमालले एकलौटी गरेको बताउदै अध्ययन गर्र्न नदिएर प्रस्ताव पारित गरेर राजपत्रमा छापेकाले कार्यविधि खारेज हुनुपर्ने बताए । कार्यपालीका सदस्यहरुको अधिकार कुण्ठित गरिएको बताउदै उनले मेयर हमालले एजेन्डा विना उक्त कार्यविधि कार्यपालिका बैठकमा ल्याएको बताए । उनले कार्यपालिका बैठकमा पनि बहुसंख्यक सदस्यहरुले असहमति जनाएको बताए ।

अध्ययन गर्ने र राय सहित पास गर्ने गरी तयारी हुँदा पनि अधिकार प्रयोग गर्न नपाएको उनले बताए । फड्के किनाराको साछी बनाउने हस्ताक्षर गराएर पङगु बनाउने काम भएको बताउदै उनले सदस्यहरुले ५ प्रतिशत पनि अधिकार उपभोग गर्न नपाएको बताए । विधायन समिति मार्फत प्रक्रियाबाट ल्याएर कार्यपालिका र नगर सभाबाट पारित गरिनु पर्ने उनले बताए ।

अघिल्लो आइतबारको कार्यपालिका बैठकमा यस विषयमा छलफल भएको बताउदै उनले सोमबार नै उक्त कार्यविधि राजपत्रमा छापिएको बताए । मंगलवार कार्यपालिका सदस्यहरूले विरोध जनाएको बताउदै नेपालीले एक साता सम्म पनि मेयर हमालले चासो नदिए पछि मंगलवार धनगढीको होटेल डिभोटीमा जम्मा भएर उक्त कार्यविधि खारेज गराउने वडाध्यक्ष सहितका कार्यपालिका सदस्यहरूले निर्णय गरेको जानकारी गराए ।

सोही निर्णय अनुसार बुधवार कार्यविधि खारेजीका लागि प्रस्ताव दर्ता गरिएको कार्यपालीका सदस्य नेपालीले बताए । त्यसैगरी नगर प्रमुख हमालले भने बरु पदबाट राजीनामा दिन तयार हुने बताउदै निर्णय बाट पछि नहट्ने बताएका छन् ।

भर्खरै

नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि
सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने
निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए
नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न
विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न
जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने
सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित
सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र
गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख

धेरै कमेन्ट गरिएको

नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

e45869e9-efe2-4591-8cf7-a5475ad19110

नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि

Farwest_health2024-02-25-11-44-24

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने

428155584_771933291486780_1413048188422508552_n

निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए

1

नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न

dd

विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न

cropped-cropped-khabar-raftar-2.png

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

426720645_955564329336829_7117642398487141617_n

बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

429033108_365710546384373_7815860051158934070_n

सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित