"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बेलौरी छोटी भन्सार कार्यालय फेरी सञ्चालनमा आयो

Khabar Raftar

पौष ०४ कञ्चनपुर । बेलौरी नगरपालिकामा रहेको छोटी भन्सार कार्यालय फेरी सञ्चालनमा आएको     छ । त्रिनगर भन्सार कार्यालय धनगढीबाट नायब सुब्बा ज्ञानेन्द्र खत्रीको नेतृत्वमा चारजना कर्मचारीलाई कार्यालय सञ्चालनका लागि खटाइए पछि छोटी भन्सार कार्यालय फेरी सञ्चालनमा आएको हो । गड्डाचौकी भन्सार कार्यालय मातहतमा हुँदा भन्सार कार्यालय सञ्चालन हुँदै आए पनि २०७५ साल साउन २५ गते त्रिनगर भन्सार कार्यालय मातहतमा राखिए पछि केही महिना सञ्चालनमा आएर भन्सार कार्यालय बन्द भएको थियो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

“भन्सार कार्यालय सञ्चालन गर्नेबारे पत्र आएको जानकारी गराउदै नगर उपप्रमुख जोगराम चौधरीले केही दिन पछि थाहै नदिई भन्सार कार्यालयमा ताला लागेर त्यसपछि कर्मचारी नआएको बताए । उनले भन्सार कार्यालय फेरी सञ्चालनमा ल्याउनका लागि निकै पहल गर्नु परेको बताए । “छोटी भन्सार कार्यालयका कर्मचारी बस्ने आवासमा विद्युत्को लाइन काटिएको बबताउदे उनले त्यो तत्कालै सुचारु गर्न लगाएको जानकारी गराए । खटिएर आएका कर्मचारी कार्यालय व्यवस्थापनको कार्यमा लागेको बताउदै उनले कुनै पनि कुराको अप्ठेरो परे नगरपालिकामा सम्पर्क गर्न भनेको बताउदै कर्मचारीलाई टिकाउन आवश्यक सहयोग गर्ने बताए ।

भारततर्फका व्यापारीहरुले भन्सार कार्यालय फेरी सञ्चालनमा आए पछि खुशी व्यक्त गर्दै भारततर्फ पनि भन्सार कार्यालयको व्यवस्थाका लागि पहल गर्ने अश्वासन दिएको उनले बताए । भारततर्फबाट खाद्यान्न, लत्ताकपडा लगायत सामान भन्सार भएर आउने गरेको उनले बताए । भारतबाट आउने खाद्यान्न गुणस्तरयुक्त छ, छैन भन्नेबारे परीक्षण गर्नका लागि खाद्य क्वारेन्टिइन कार्यालयको व्यवस्थाका लागि पनि पहल हुनुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन ।

भन्सार कार्यालय फेरी सञ्चालनमा आए पछि राजस्व चुहावटको कार्य रोकिने बताइएको छ । भन्सार कार्यालयमा खटिएर आएका नायब सुब्बा खत्रीले अब देखि नियमित रुपमा भन्सारको कार्य सञ्चालन हुने बताए । विगत जस्तै राजस्व संकलनको कार्य नियमित रुपमा हुने बताउदै उनले भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय यस अघि नै राखिएको जानकारी गराए ।

भर्खरै

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा
पञ्चेश्वर आयोजना अघि बढाउने सहमति
माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो
कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी
व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र
सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए
अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश
३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना
प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा ३ करोडको कारोबार, २७ हजारले गरे अवलोकन
सम्झौता भएको २ बर्ष वित्यो ६ लेन सडकको गोदावरी क्षेत्रमा अझै स्ट्रिट लाइट जडान हुन सकेन

धेरै कमेन्ट गरिएको

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

download

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत गर्दै धनगढीका सुरेश विश्वकर्मा

pancheswar

पञ्चेश्वर आयोजना अघि बढाउने सहमति

1-5-1024x462

माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो

gahu

कैलालीको जानकीले उत्पादन अनुसार अनुदान दिन थाले पछि उत्पानमा बृद्धी

budhiganga-7-bajura

व्यक्तिको जग्गामा निर्माणाधीन बाजुराको बुढिगंगा नगरपालीका वडा नम्बर ७ को भवन अलपत्र

sup-samabesi

सुप समावेशी विद्यालयका २ वटा कक्षा कोठा अपाङ्गतामैत्री बनाइए

BAYALPATA-HOSPITAL

अछामको बयलपाटा अस्पतालबारे संसद्मा ध्यानाकर्षण प्रस्ताव पेश

cropped-cropped-khabar-raftar-2.png

३० औ जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना