"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिम प्रदेशमा यस बर्ष धान उत्पादनमा वृद्धि

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

मंसिर ३० धनगढी । सुदूरपश्चिम प्रदेशमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि विकास निर्देशनालय दिपायलले गत वर्ष भन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको जानकारी गराएको हो । गत आर्थिक वर्ष २०७९÷०८० मा ६ लाख ६८ हजार ४ सय २४ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ६ लाख ७४ हजार ५० मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जानकारी गराएको हो । गत वर्ष १ लाख ८३ हजार ३ सय ८५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा यस वर्ष १ लाख ८० हजार २२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको निर्देशनालयले जनाएको छ ।

अघिल्लो वर्षभन्दा कम क्षेत्रफलमा धानखेती गरिए पनि उत्पादन भने यस वर्ष बढी उत्पादन भएको निर्देशनालयका सूचना अधिकारी केशव अवस्थीले जानकारी गराए । अघिल्लो वर्ष वर्षाका कारण आएको बाढीले धानबालीमा क्षति पुर्याउँदा उत्पादन कम भएको जानकारी गराउदै उनले गत वर्ष धान काट्ने समयमा बाढी आएकाले किसानले धान भित्र्याउन नपाएको बताए ।

त्यसैगरी सबै ैभन्दा बढी धान कैलालीमा उत्पादन भएको बताउदै उनले क्षेत्रफलका हिसाबले सुदूरपश्चिमका नौ ओटै जिल्ला मध्ये कैलाली र कञ्चनपुरमा धानखेती बढी गरिदै आएको जानकारी गराए । कैलालीमा यस वर्ष २०८०÷०८१ मा ६७ हजार ४ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ३ लाख १७ हजार ५ सय २८ मेट्रिक टन धान उत्पादन भएको उनले जानकारी गराए । गत वर्ष ६८ हजार ५ सय ३६ हेक्टरमा ३ लाख २२ हजार ६ सय ७० मेट्रिक टन धान उत्पादन भएको उनले बताए । त्यसैगरी कञ्चनपुरमा गत वर्ष १ लाख ९० हजार १ सय ४ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १ लाख ९३ हजार ९ सय ८४ मेट्रिक टन धान उत्पादन भएको उनले जानकारी गराए ।

गत वर्ष ४८ हजार ४ सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा यस वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएको उनले जानकारी गराए । त्यसैगरी डडेल्धुरामा यस वर्ष १८ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको जानकारी गराउदै उनले ६ हजार १ सय २० हेक्टरमा धान खेती गरिएको बताए । गत वर्ष ६ हजार १ सय ८८ हेक्टर क्षेत्रफलमा धान लगाइएको बताउदै उनले २० हजार ४ सय २० मेट्रिक टन धान उत्पादन भएको जानकारी गराए ।

त्यसैगरी बैतडीमा गत वर्ष १६ हजार ९० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १६ हजार १ सय ३५ मेट्रिक टन धान उत्पादन भएको जानकारी गराउदै गत वर्ष र यस वर्ष ९ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा अघिल्लो वर्षभन्दा धान उत्पादनमा वृद्धि भएको बताए । त्यसैगरी दार्चुलामा पनि गत वर्ष र यस वर्ष समान ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको बताउदै उनले गत वर्ष १२ हजार ५ सय ४४ र यस वर्ष १२ हजार ५ सय ५८ मेट्रिक टन धान उत्पादन भएको जानकारी गराए ।

बझाङमा यस वर्ष १० हजार ३ सय हेक्टरमा धान लगाइएकोमा ३० हजार ९ सय मेट्रिक टन धान उत्पादन भएको बताउदै उनले गत वर्ष भन्दा यस वर्ष १२ हजार ५ सय हेक्टरमा धान रोपिएकोमा २७ हजार ६ सय ९ मेट्रिक टन धान उत्पादन भएको जानकारी गराए । बाजुरामा गत वर्ष १३ हजार १ सय ३९ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १३ हजार ४ सय ९४ मेट्रिक टन धान उत्पादन भएको तथ्याङकले देखाएको छ । अघिल्लो वर्ष ६ हजार ९ सय १५ हेक्टरमा र यस वर्ष केही बढी ६ हजार ९ सय २० हेक्टरमा धानखेती गरिएको छ ।

अछाममा यस वर्ष र गत वर्ष १६ हजार ५ सय ९० हेक्टरमा धान लगाइएकोमा यस वर्ष ४१ हजार ४ सय ७५ मेट्रिक टन धान उत्पादन भएको छ भने अघिल्लो वर्ष यो भन्दा कम ३६ हजार ४ सय ९८ मेट्रिक टन धान उत्पादन भएको तथ्याङकले देखाएको छ । त्यसैगरी डोटीमा गत वर्ष २९ हजार ३ सय ५० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष २९ हजार ४ सय ७६ दशमलव ८ मेट्रिक टन धान उत्पादन भएको बताइएको छ ।

गत वर्ष र यस वर्ष १० हजार ६ सय ८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको बताइएको छ । कृषकहरुलाई आवश्यक तालिम, परामर्श एवं उन्नत जातको बिउबिजन नहुँदा र सिचाईको अभावले कृषि उत्पादनमा कमी आउने गरेको छ भने कृषि सम्बन्धी राम्रो ज्ञान र सिचाईको ब्याबश्था हुन सके राम्रो उत्पादन हुने देखिएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने
निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए
नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न
विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न
जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने
सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित
सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र
गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख
जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

Farwest_health2024-02-25-11-44-24

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने

428155584_771933291486780_1413048188422508552_n

निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए

1

नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न

dd

विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न

cropped-cropped-khabar-raftar-2.png

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

426720645_955564329336829_7117642398487141617_n

बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

429033108_365710546384373_7815860051158934070_n

सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित

bbbf7afb-3040-48aa-a4bb-97e127ead37c

सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र