"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीको बल्चौरमा रहेको थारू होमस्टे पाहुनाको पर्खाइमा

Khabar Raftar

मंसिर २६ धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर–३, बल्चौरमा रहेको बसेरा सामुदायिक थारू होमस्टे सञ्चालनमा आए पनि उचित प्रचार प्रसारको अभावमा पाहुनाको पर्खाईमा रहेको छ । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार चिसापानी देखि पाँच किलोमिटर पश्चिममा होमस्टे सञ्चालनमा आएको पाँच वर्ष बितिसकेको भए पनि पर्याप्त पाहुना नआउदा पर्खाईमा रहेको हो । करिब ३ सय ५० थारू समुदायको घरपरिवार रहेको बल्चौरमा अवस्थित बसेरा होमस्टे पाहुनाको पर्खाइमा रहेको सञ्चालकले बताएका छन । मनग्गे लगानी गरेर सुविधा सम्पन्न होमस्टे निर्माण गरेका सञ्चालक किशोर चौधरीले लगानी कसरी उठाउने भन्ने चिन्ताले पिरोलेको बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष चौधरीले बसेरा होमस्टेमा सबैभन्दा राम्रो र व्यवस्थित घर आफूले बनाए पनि पाहुना नआउँदा लगानी उठाउन समस्या भएको बताए । अरूले पक्की घरलाई होमस्टे बनाएको बताउदै उनले माटो, काठको व्यवस्थित र आकर्षक घर बनाएको बताए । आउने पाहुनाले फरक अनुभूति गर्न सक्ने वातावरण भएको बताउदै उनले उचित प्रचारप्रसारको अभावले रात बिताउने पाहुना नआएका बताए । उनको होमस्टे घर नम्बर ५ मा थारू संस्कृति झल्काउने कलाकृति सहितको प्रवेशद्वार बनाइएको उनले बताए ।

माटोले लिपपोत गरेको चिटिक्क परेको सुन्दर भएको उनले बताए । सहरमा व्यस्त जीवन बिताउनेका लागि बसेरा होमस्टेमा पुग्दा फरक खालको आनन्द आउने वातावरण बनाइएको उनले बताए । १० वटा घरमा होमस्टे चलाउने उद्देश्य राखिए पनि अहिले चार वटा घर मात्र सञ्चालनमा आएको बताउदै उनले चार वटामा त पाहुना नआएको बताए । आए पनि दिउँसो खानपिन गर्ने मात्र आउँने र राति बस्ने कहिलेकाहीँ मात्र आउँने गरेको उनले बताए ।

त्यसैगरी वडासदस्य प्रेमबहादुर चौधरीले होम स्टे सञ्चालनमा आएको धेरै समय भए पनि व्यवस्थित बनाउन कसैको सहयोग नहुँदा सोचे जस्तो होमस्टे चल्न नसकेको बताए । नजिकै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानीमा आउने पर्यटकलाई होमस्टेमा आउने वातावरण बनाउन सम्बन्धित निकायले सहयोग गर्नुपर्ने होमस्टे सञ्चालकले बताएका    छन । कर्णाली जैविक मार्गको काखमा रहेको बसेरा होमस्टेलाई व्यवस्थित सञ्चालनका लागि कुनै दातृ निकायको समेत सहयोग नरहेको उनीहरूको भनाइ छ ।

स्थानीयलाई होमस्टेको महत्वबारे बुझाउँदै सञ्चालनका लागि आवश्यक तालिम र सहयोगको खाँचो रहेको बताइएको छ । सामान्य खाना बनाउने तालिम बाहेक अन्य तालिम नलिएको होमस्टे सञ्चालक बताउँछन् । होमस्टे सम्बन्धी आवश्यक तालिम र प्रचार प्रसारको आवश्यकता देखिएको उनीहरुले बताएका छन ।

लम्कीचुहा नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष लवबहादुर शाहीले बसेरा होमस्टे सञ्चालन तथा विकासका लागि पर्यटक सम्बन्धी रचनात्मक कार्यक्रमको माग भएको बताए । उनले स्थानीयको इच्छाशक्ति र उचित प्रचार प्रसार भए यस क्षेत्रको विकासमा होमस्टेले फड्को मार्ने उबताए ।

भर्खरै

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन
लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ
संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै
बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी
कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन
बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु
तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न
नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा
दुई वर्षकी छोरी सहित कैलालीकी मीरा मृत अबश्थामा भेटिइन
ठेकेदारको लाफरबाहीका कारण सुर्मीनाला मोटरेबल पुल अलपत्र

धेरै कमेन्ट गरिएको

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

pakrau-1

लागूऔषध सहित कञ्चनपुरबाट दुई जना युवक पक्राउ

garbha darbar

संरक्षणको अभावमा ९७ वर्ष पुरानो कैलालीको गर्भा दरबार जीर्ण बन्दै

chaau

बाजुराको बडीमालिका–१ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

bardagproya

कैलालीको बर्दगोरिया गाउँपालिकाद्वारा निःशुल्क शव बाहन सञ्चालन

amar-khadka

बाजुराको ठुलीसाँघुमा पक्की पुल निर्माणको काम सुरु

0bd4305b-745c-47c6-bb7d-1baf57c51e98-e1738919723215

तेघरी सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

ghurala-pool-high-risky_jhblsmNBz8-e1738902590751

नदीको कटानका कारण कैलालीको घुराहा पुल जोखिममा