"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

विद्युत प्राधिकरणको लाफरबाहीले गर्दा बझाङको केदारस्युँ गाउँपालिकाका स्थानीय ज्यान गुमाउँदै

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

मंसिर २५ बझाङ । विद्युत प्राधिकरणको लापरबाहीका कारण स्थानीयले ज्यान गुमाउँदै आएका छन । विद्युतका तारहरु नजिकै भएका कारण स्थानीयले ज्यान गुमाउदै आउका हुन । शनिबार बिहान खेतमा पानी लगाउन गएका बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर–१ बिलीका २५ वर्षीय रामकुमार भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार बिहान चौडामबगर नजिक पर्ने धामीराटी सिंचाई कुलोबाट गहुँ खेतमा पानी लगाउन गएका उनको करेन्टले गर्दा घटनास्थल मृत्यु भएको हो ।

१० बजेतिर गहुँ खेतमा पानी लगाउन घरबाट निस्किएका भण्डारी साँझ अबेर सम्म पनि घर नफकिए पछि आफन्तले खोजी गर्दा चौडामबगरको कान्द्वाल भीरमा आठ बजे राती मृत अबश्थामा भेटिएका हुन । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपेश चौधरीले विद्युतको हाइटेन्सन तार टाउकोले छुन सक्ने ठाउँमा रहेको हुँदा निहुरिएर उठ्ने क्रममा तारमा छोइएर करेन्ट लागेको हुन सक्ने बताए । केदारस्युँ गाउँपालिकामा करेन्ट लागेर स्थानीयले ज्यान गुमाएको यो पहिलो घटना होइन ।

यस अघि २०७८ साल साउनमा वडा नम्बर–१ कै ४८ वर्षीया उजलीदेवी बोहराको पनि राष्ट्रिय प्रशारण लाइनमा करेन्ट लागेर मृत्यु भएको बताईएको छ । घाँस काटन जानेक्रममा केदारस्युँको गाज्रा भन्ने बाटोमा हिंडिरहेको बेला विद्युतको पोलमा छोइदा करेन्ट लागेर उनको पनि घटनास्थलमै ज्यान गएको थियो । लापरबाही पूर्वक विद्युतको तार छोडिएका कारण करेन्ट लागेर घाइते भएका घटनाहरु दोहोरिदै गएका छन ।

कार्तिक महिनामा मात्रै यही वडाकी २२ वर्षीया महिन्द्रा साँउद भण्डारी पनि करेन्ट लागेर घाइते भएकी थिईन् । डालेघाँस काट्न रुख चढेका बेला सिमलको रुखमा छोइएको विद्युतको तारको झड्का लागेर उनी जयपृथ्वी राजमार्गमा खसेकी थिइन । उनको अहिले पनि उपचार भइरहेको बताईएको छ ।

२०७७ साल चैत महिनामा केदारस्युँ गाउँपालिका वडा नम्बर–१, कापडी गाउँकी १३ वर्षीया कौसल्या भण्डारी पनि करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । गोठालो गएकी अबश्थामा विद्युतको तार खुट्टाले छोइँदा उनलाई झड्का लागेको बताईएको छ । लामो समय उपचार गरेपछि उनी अहिले हिँडडुल गर्न सक्ने भएको उनको परिवारले जानकारी गराएको छ ।

भर्खरै

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने
सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित
सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र
गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख
जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते
बैतडीमा एक जना युवती मृत भेटिईन
कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो
सामुदायिक वन फँडानीको आरेपमा अध्यक्ष पक्राउ
ईन्टरनेट तारको लापरबाहीले करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु

धेरै कमेन्ट गरिएको

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

426720645_955564329336829_7117642398487141617_n

बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

429033108_365710546384373_7815860051158934070_n

सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित

bbbf7afb-3040-48aa-a4bb-97e127ead37c

सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र

godawari-municipality1690965952

गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख

23c240e0-2790-4a25-8a05-fbc004ccae89

जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते

death-pt2023-05-03-08-12-06

बैतडीमा एक जना युवती मृत भेटिईन

godawari-municipality

कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो