"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

शुक्लाफाँटाका ४२ जनामा देखियो ‘सिकलसेल एनिमिया’

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

मंसिर २५ कञ्चनपुर । शुक्लाफाँटा नगरपालीकाका ४२ जनामा सिकलसेल एनिमिया देखिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना तथा शुक्लाफाँटा नगरपालिकाको समन्वयमा सिकलसेल एनिमिया, थालसेमिया पहिचान र निदान सम्बन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ४२ जनामा सिकलसेल एनिमिया देखिएको हो । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ स्थित शहरी स्वास्थ्य केन्द्र बन्साहमा आयोजित स्वास्थ्य शिविरमा वडा नम्बरं. १, २ र १२ का ५ सय ४८ जनाले रगत परीक्षण गराउदा ४२ जनामा सिकलसेल एनिमिया देखिएको हो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरीक्षक सिद्धराज भट्टले १ सय ७५ पुरुष र ३ सय ७३ महिलाको रगत परीक्षण गरिएको जानकारी गराउदै ४२ जनामा सिकलसेलको संक्रमण देखिएको बताए । १९ जना महिला र २३ जना पुरुषमा सिकलसेल देखिएको उनले जानकारी गराए । रानाथारू र डगौरा थारू समुदायका १० वर्षदेखि २५ वर्ष उमेर समूहका ५ सय ४८ जनाको रगत परीक्षण गरेको बताउदै उनले ४२ जनामा सिकलसेल देखिएको बताए । उनले फेरी रगत परिक्षण गर्ने बताउदै त्यसपछि सिकलसेल एनिमिया अथवा थालसेमिया के हो भन्ने थाहा हुने बताए ।

पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको संख्यामा वृद्धि भएको उनले    बताए । सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर जोखिममा रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको र यसले रानाथारू समुदाय बढी प्रभावित बनेको औलो रोग निरीक्षक भट्टले जानकारी दिए । यो रोग तराईमा बसोबास रहेको अधिकांश थारू समुदायमा देखिएको बताउदै उनले यो रोग लागेका मान्छेबाट जन्मिएको २५ प्रतिशत बच्चामा पनि देखिने बताए ।

यसको कुनै उपचार नभएको बताउँदै उनले संक्रमितले नियमित चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने बताए । कञ्चनपुरमा यसको प्रकोप बढेको बताउदै उनले यसको जोखिममा रहेका पालिकाहरुमा निःशुल्क रगत परीक्षण गरिरहेको बताए । यो सिरियस रोग बताउदै उनले यसका बिरामी स्वस्थजस्तै देखिने र चेक गराए पछि मात्रै रोग पत्ता लाग्ने बताए ।

यसका रोगीलाई पालिकाको सिफारिसमा महाकाली र सेती प्रादेशिक अस्पतालले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको उनले बताए । शहरी स्वास्थ्य चौकी बन्साहमा आयोजित सिकलसेल एनिमिया, थालसेमिया पहिचान र निदान सम्बन्धि स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रम्मा नगर प्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पना पन्त, स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्ट लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको नगर प्रमुख महराले बताए । स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर सबै वडाहरुमा स्वास्थ्य चौकीहरु सञ्चालनमा ल्याएको बताउदै उनले विभिन्न समयमा स्वास्थ्य शिविर पनि गर्दै आएको जानकारी गराए ।

भर्खरै

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने
सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित
सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र
गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख
जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते
बैतडीमा एक जना युवती मृत भेटिईन
कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो
सामुदायिक वन फँडानीको आरेपमा अध्यक्ष पक्राउ
ईन्टरनेट तारको लापरबाहीले करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु

धेरै कमेन्ट गरिएको

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

426720645_955564329336829_7117642398487141617_n

बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

429033108_365710546384373_7815860051158934070_n

सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित

bbbf7afb-3040-48aa-a4bb-97e127ead37c

सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र

godawari-municipality1690965952

गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख

23c240e0-2790-4a25-8a05-fbc004ccae89

जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते

death-pt2023-05-03-08-12-06

बैतडीमा एक जना युवती मृत भेटिईन

godawari-municipality

कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो