"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

लैङगीक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समुहद्वारा सडक नाटक प्रर्दशन

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

मंसिर २२ धनगढी । कैलारी गाउँपालिका स्तरिय मानव अधकार समुह, बाल अधिकार चेतना समुह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समुहले लैङ्कि हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंसिर २२ गते सडक नाटक तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । राष्ट्रिय माध्यामिक विद्यालयमा गठित बाल अधिकार चेतना समुहले समुदायमा कुप्रथाको रुपमा रहिआएको बोक्सी प्रथा विरुद्ध सडक नाटक र महिला हिसांको अन्त्यका लागि विद्यार्थीको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।

कैलारी गाउँपालिका स्तरिय मानव अधिकार समुहको सचिव ज्ञानु चौधरीले समाजमा बोक्सीको नाममा महिला हिंसा हुने गरेकाले यस्ता कुप्रथालाई न्युनीकरण गर्न सचेतनाका लागि निरन्तर रुपमा सडक नाटक प्रदर्शन गर्न आवश्यक रहेको बताईन । उनले समाजमा सामाजिक मूल्य मान्यताका कारण अझै पनि बोक्सी जस्ता कुप्रथालाई मान्दै आइरहेकाले समुदायमा बोक्सी प्रथा कानुनी रुपमा दण्डनिय भएको सचेतना फैलाउन आवश्यक भएको बताईन । त्यसैगरी घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुर स्थित कान्ति राज्यलक्ष्मी माध्यामिक विद्यालयका बाल अधिकार चेतना समुहले लैङ्गिक तथा अल्प सङ्ख्यक समुदायले भोग्दै आएको विभेद सम्बन्धमा मंसिर २२ गते सडक नाटक र महिला हिसांको अन्त्यका लागि विद्यार्थीको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

घोडाघोडी नगरपालिका स्तरिय मानव अधिकार समुहकी अध्यक्ष आशा परियारले लैङ्गिक तथा अल्प सङ्ख्यक समुदायले अझै पनि आफ्ना समस्या खोलेर भन्न नसक्ने हुदा मानसिक समस्या तथा डिपे्रशनमा जाने जस्ता समस्या भोग्दै आइरहेकाले लैङ्गिक तथा अल्प सङ्ख्यक समुदायको सवाललाई उजागर गरी नाटक देखाएकाले बाल अधिकार चेतना समुहलाई धन्यवाद दिईन । त्यसैगरी घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानी स्थित दशरथ माध्यामिक विद्यालयका बाल अधिकार चेतना समुहले बालविवाह विरुद्ध मंसिर २२ गते सडक नाटक प्रदर्शन गरेका छन् ।

दशरथ माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक खगेन्द्र चन्दले उमेर नपुग्दै बालबालिकाहरुले प्रेम विवाह गर्ने गरेका कारण समाजमा बालविावह बढेको र बालविावहका कारण बालबालिकाहरुको व्यक्तित्व विकास हुन नसक्दा आर्थिक, मानसिक, पारिवारिक तथा समाजिक समस्याले हिसां बढाएको बताए । उनले मोवाइल तथा सामाजिक सञ्जालको कारण बालबालिकहरु सानै उमेरमा प्रेम विवाह गर्ने प्रचलन बढदै गइरहेकाले बालविावह न्यनीकरणका लागि सबै नागरिक सचेत हुन आवश्यक रहेको बताए । सडक नाटक र वक्तृत्वकला प्रतियोगितामा बिभिन्न विद्यार्थीहरुले भाग लिएका थिए भने कार्याक्रममा मानव अधिकार समुहका पदाधिकारी, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

भर्खरै

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने
सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित
सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र
गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख
जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते
बैतडीमा एक जना युवती मृत भेटिईन
कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो
सामुदायिक वन फँडानीको आरेपमा अध्यक्ष पक्राउ
ईन्टरनेट तारको लापरबाहीले करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु

धेरै कमेन्ट गरिएको

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

426720645_955564329336829_7117642398487141617_n

बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

429033108_365710546384373_7815860051158934070_n

सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित

bbbf7afb-3040-48aa-a4bb-97e127ead37c

सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र

godawari-municipality1690965952

गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख

23c240e0-2790-4a25-8a05-fbc004ccae89

जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते

death-pt2023-05-03-08-12-06

बैतडीमा एक जना युवती मृत भेटिईन

godawari-municipality

कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो