मंसिर २० धनगढी े । नेपाल कम्युनिष्ट पार्टी पूर्वी कैलालीले कैलालीको लम्कीमा काठमाडौं जिल्ला अदालतका न्यायधीस कमल प्रसाद ज्ञवालीको पुत्ला दहन गरेको छ ।
न्यायधीस ज्ञवालीले नेकपाका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको घटनाको विरुद्ध नेकपा पूर्वी कैलालीले न्यायधीस ज्ञवालीको पुत्ला दहन गरेको हो ।
पुत्ला दहन कार्यक्रम्मा नेकपा पूर्वी कैलाली जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो । न्यायधीस ज्ञवालीको पुत्ला जलाउदै नेकपाका नेता कार्यकर्ताहरुले न्यायधीस र अदालत विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।
पुत्ला दहन पछि कोण सभालाई सम्बोधन गर्दै नेकपाका पोलिट ब्यूरो सदस्य विकल्प सीले अदालतले ३ बुँदे सहमति विपरित पक्राउ पूर्जी जारी गरेको बताउदै शान्ति प्रक्रिया विथोल्ने काम भएकाले संघर्ष मा उत्रिनु परेको बताए ।
उक्त आदेश प्रति आपत्ति जनाउदै न्यायलयले गरेको कमजोरी तत्काल सच्याउनु पर्ने उनले बताए । उनले प्रतिगामीहरुको षड्यन्त्रमा पक्राउ पूर्जीको आदेश आएको हुन सक्ने आशंका समेत व्यक्त गरे ।