"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीमा प्रदेश युवा परिषद् एसईई आइडलका २ अडिसन सम्पन्न

No data was found

Khabar Raftar

मंसिर १९ धनगढी । प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.ले हरेक बर्ष आयोजना गर्ने नृत्य र गायन विधाको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यक्रम एसईई आईडलको तेस्रो संस्कारणका अडिसनहरु सुदूरपश्चिमका तराइका २ जिल्लामा धमाधम आयोजना भई रहेका छन । यसै क्रममा मंंगलबार धनगढीका २ वटा विद्यालयमा अडिसनहरु सम्पन्न भएका छन् । धनगढीको मनेहरामा रहेको डिलाइट ईङलिश बोर्डिङ. स्कुल र पुनरबासको जनकल्याण माध्यमिक विद्यालयमा तेस्रो र भन्सारमा रहेको नवदुर्गा माध्यमिक विद्यालयमा अडिसनहरु सम्पन्न भएका छन् ।

विद्यार्थीहरुको फरक क्षमता अभिवृद्धिका लागि अडिसन आयोजना गरिएको कुरा डिलाइट ईङलिश बोर्डिङ.स्कुलका प्रधानाध्यापक शंकर खनालले बताए । त्यसै गरि अर्को अडिसन आयोजक नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक राम कुमार चौधरीले पढाइमा बाधा नपुग्ने गरि यस्ता प्रकारका कार्यक्रम निरन्तर रुपले आयोजना हुनुपर्ने कुरामा जोड दिए ।

एसईई आइडल ३ का सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरु आयोजना गरिने बताईएको छ । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउने बताईएको छ । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने छन् । असोज देखि फाल्गुण सम्म सुदूरपश्चिमका ९ वटा जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुने बताईएको छ ।् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउने आयोजक संस्थाका प्रकाश छेडालले जानकारी गराए ।

दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउने उनले जानकारी गराए । फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्ने उनले जानकारी गरी गराए । दुवै विधाका विजेता र उप विजेताले क्रमशः ५०–५० हजार र २५–२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउने उनले बताए ।

साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउने जानकारी गराउदै उनले थप अडिसन स्थलहरुको खोजी भईरहेको बताए । प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु आयोजना गरि सकेको छ । मुख्य प्रबर्द्धकका रुपमा प्रदेश युवा परिषद्, सुदूरपश्चिम रहेको एसईई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न संघसंस्थाको पनि विशेष सहयोग गरेको उनले जानकारी गराए ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए