"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको धनगढीमा फोहरबाट मल र ग्याँस उत्पादन सुरु 

No data was found

Khabar Raftar

मंसिर १४ धनगढी । कैलालीको धनगढीमा फोहोरबाट मल र ग्याँस उत्पादन गर्ने काम सुरु भएको छ । धनगढी उपमहानगरपालिमा संकलन हुने कुहिने फोहरबाट बायो मिथेन ग्याँस उत्पादन गर्न सुरु गरिएको हो । उप महानगरपालिकाबाट फोहरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले धनगढी उप महानगरपालिका वडा नम्बर–२ मा स्थापना गरेको फोहरमैला प्रशोधन केन्द्रमा कुहिने फोहरबाट ग्याँस उत्पादन गर्न शुरु गरेको हो । प्रशोधन केन्द्रलाई हाल ५० प्रतिशत क्षमतामा चलाएर जैविक मलका साथै बायो मिथेन ग्याँस उत्पादन गर्न थालिएको हो ।

No data was found

प्रशोधन केन्द्रबाट उपमहानगरपालीकामा दैनिक जम्मा हुने कुहिने फोहरकासाथै कुखुराको सुली, गोबर, चिनी मिलमा जम्मा हुने फोहरमैला जस्ता पदार्थ प्रयोग गरेर बायो मिथेन ग्याँस उत्पादन गर्न सुरु गरिएको हो । प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन भए दैनिक एक सय सिलिण्डर ग्याँसस, तीन हजार पाँचसय किलो जैविक मल र एक हजार पाँच सय किलो झोल मल उत्पादन हुने बताइएको छ ।

पर्यावरणीय प्रदूषण लगभग शून्य हुनुका साथै कार्बन उत्सर्जनको समस्यालाई समेत घटाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ । पाइपलाइनको प्रयोग गरेर दैनिक सात देखि ८ सय घरपरिवारमा उक्त ग्याँसबाट खाना पकाउन सकिने र सिलिण्डरमा ग्याँस भरेर औद्योगिक प्रयोगमा ल्याउन सकिने केन्द्रले जनाएको छ । खाना पकाउन प्रयोग भइरहेको एलपी ग्याँसको मूल्यको तुलनामा ग्याँसको मूल्य सुपथ रहने दाबी गरिएको छ । प्रशोधन केन्द्रले उक्त ग्याँसलाई पेट्रोलबाट चल्ने टेम्पु लगायतका गाडीमा प्रयोग गर्न मिल्ने कम्प्रेसन नेचुरल ग्याँस बनाउन आवश्यक तयारी समेत गरिएको बताईएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, धनगढी उप महानगरपालिका र देवतालिम केन्द्रको संयुक्त पहलमा फोहरको व्यवस्थापन भइरहेको हो । उपहानगरपालिकाले प्रशोधन केन्द्रका लागि जग्गा समेत उपलब्ध गराएको छ । देव तालिम केन्द्रले २० वर्षका लागि फोहरको व्यवस्थापन गर्न ठेक्का पाएको छ । बायोग्याँस प्लान्टलाई दैनिक १२ देखि १५ टन फोहर उपलब्ध गराउने गरिएको उपमहानगरपालिका वातावरण शाखा प्रमुख अशोक अवस्थीले जानकारी गराए ।

नकुहिने फोहरको हकमा त्यसको प्रकृति अनुसार छुट्याइसके पछि सुक्ष्म वर्गीकरण केन्द्रमा मेसिनमा पेलेर डल्लो बनाएर राखिने उनले बताए । यस कामका लागि स्थानीय १० जना महिला र दुई जना पुरुषले रोजगारी समेत पाएका छन् । त्यसैगरी धनगढी उप महानगरपालिका वडा नम्बर–७ पटेला गाउँमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र र दिसाजन्य लेदो व्यवस्थापन प्रणाली निर्माण सम्बन्धी अर्को ठूलो योजना पनि कार्यान्वयनको चरणमा रहेको छ ।

सरकारको प्राथमिकता प्राप्त उक्त आयोजना निर्माणका लागि १० महिना अघि नै ठेक्का लागिसकेको छ । एशियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा उक्त आयोजना निर्माण हुन लागेको हो । यसका लागि वन क्षेत्रको २२ हेक्टर जग्गा छुट्याइएको छ । उपमहानगरपालिकाका इञ्जिनियर दीजराज भट्टले आयोजना निर्माणका लागि ठेक्का लागेर निर्माण कम्पनीसँग सम्झौता भइसकेको बताए ।

दाताबाट आउने सहयोगलाई गुम्न नदिन तोकिएको समयमै आयोजनाको ठेक्का लगाउनु परेको उनले बताए । आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङकन, रुख कटानी आदेश लगायतका कामको प्रक्रिया पूरा गर्न लागेको समयका कारण केही ढिला भए पनि अब छिट्टै काम शुरु हुने दाबी गरिएको छ । योजना सम्पन्न गर्न एक अर्ब २४ करोड लाग्ने अनुमान गरिएको छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ