"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

लैंगिक हिंसाविरुद्धको अभियान सफल पारौ

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । शनिबार देखि सुरु भएको अभियानको राज्य र गैरसरकारी संस्थाहरुले विविध कार्यक्रम गरी मनाएका छन । विविध कार्यक्रम गरी मनाइने क्रम चली रहेको छ । महिला र बालबालिकामाथि हुने हिंसाका घटना भने कम भएका छैनन । यस्ता अभियानहरु मनाई रहदा पनि हिंसाको अन्त्य हुन नसक्नु दुखद विषय हो ।

महिला र बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार न्यूनीकरणका लागि अभियानले सार्थक रुप लिन जरुरी छ । महिला र बालबालिकामाथि हुने हिंसाको न्यूनीकरणको लागि कारबाहीको पाटोलाई प्रभावकारी बनाउन जरुरी छ । अभियानले मात्र केही नहुने हुँदा अपराध गर्ने ब्याक्तिलाई सजायको दायरामा ल्याई हिंसा न्यूनीकरण गर्न सकिन्छ । हिंसा न्यूनीकरणको दिशामा लाग्न अभियानले मनोबल बढाउँदै आएको भए पनि हिंसा भने कम नहुनुले कही कतै त्रुटी भएको बुझ्न सकिन्छ ।

गाउँठाउँको स्थानीय परिवेश र आवश्यकताको दृष्टिले भन्दा पनि अभियान परियोजनामुखी भएका कारण प्रभावकारिता बन्न सकेको छैन । यसलाई प्रभावकारी बनाउन लिंगका आधारमा गरिने विभेद समाजको धारणा, अन्धविश्वास र संस्कारले थोपरेको विभेदको अन्त्य गर्न आवश्यक छ । विभेदको सिकार भएकाहरुलाई न्याय दिलाउन जरुरी छ ।

अधिकांश महिला र बालिकाहरु यसबाट प्रताडित हुने गरेका छन् । परिवार र समाजको आर्थिक हैसियत, शक्ति संरचनामा प्रभुत्व, पुरुषलाई प्रधान मान्ने सोच र मान्यता, व्यक्तिको नैतिक धरातलमा आएको स्खलन लगायतका कारणले गर्दा लैंगिक विभेद कम हुन नसकेको हो । महिला तथा बालबालिकाहरु आफन्तहरुबाटै बढी पीडित हुने गरेकाले चुनौती बढ्दै गएको छ ।

त्यसैले महिला र बालबालिकामाथि हुने हिंसाको न्यूनीकरणका लागि कानुनी व्यवस्थालाई मजबुद बनाउनका साथै हिंसा हुन सक्ने कारणलाई मध्यनजर गर्दै त्यसको समाधानको विकल्प खोज्न जरुरी छ । लैंगिक हिंसाविरुद्धको अभियान सफल पार्न कानुनलाई प्रभाकारी बनाउन जरुरी छ ।

भर्खरै

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने
सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित
सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र
गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख
जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते
बैतडीमा एक जना युवती मृत भेटिईन
कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो
सामुदायिक वन फँडानीको आरेपमा अध्यक्ष पक्राउ
ईन्टरनेट तारको लापरबाहीले करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु

धेरै कमेन्ट गरिएको

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

426720645_955564329336829_7117642398487141617_n

बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

429033108_365710546384373_7815860051158934070_n

सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित

bbbf7afb-3040-48aa-a4bb-97e127ead37c

सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र

godawari-municipality1690965952

गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख

23c240e0-2790-4a25-8a05-fbc004ccae89

जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते

death-pt2023-05-03-08-12-06

बैतडीमा एक जना युवती मृत भेटिईन

godawari-municipality

कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका पहिलो