"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

तिहार नजिकिँदै गर्दा फूल खेती गरेका किसानको व्यस्तता बढ्यो

No data was found

Khabar Raftar

कार्तिक २२ धनगढी । तिहार नजिकीदै गर्दा फूल खेती गरेका किसानको व्यस्तता बढेको छ । फूलहरुको पर्व तिहार नजिकिँदै जाँदा व्यावसायिक रुपमा फूल खेती गरिरहेका कैलालीको धनगढीका किसानको व्यस्तता बढेको हो ।

तिहार नजिकिएसँगै एक दर्जन पूष्प व्यवसायी किसानको बारीमा फूलेका सयपत्री र मखमली फूलको रेखदेखमा व्यस्तता बढेको हो । धनगढीमा ११ महिना देखि प्लाष्टिकको फूल र प्लाष्टिकमा उपमहानगरले प्रतिबन्ध लगाए पछि त्यसको बजार स्थानीय उत्पादनले लिन थालेको छ ।

धनगढीमा प्लाष्टिकका झोला पोलिथिन समेत विक्रीवितरण गर्न प्रतिबन्ध छ । तिहारमा यस वर्ष फूल अभाव नहुने गरी दर्जनौ किसान फुल उत्पादनमा लागेका छन् । स्थानीय किसानले धनगढीमा सयपत्री फूल उत्पादन गरेका छन् । फूल उत्पादनमा धनगढीलाई आत्मनिर्भर बनाउने योजना अनुसार दुई दर्जन बढी किसानले फूल खेती सुरु गरेका छन् ।

यो वर्ष दुई कट्टामा फूल खेती गरेका धनगढी उपमहानगरपालीका वडा नम्बर–१२ जुगेडाका प्रतापसिंह बिष्टले अर्को वर्षबाट दुई बिघा जग्गामा फूलखेती गर्ने योजना बनाएको बताए । त्यसैगरी धनगढी उपमहानगरपालीका वडा नम्बर–६ मटियारीमा सुशीला बिष्ट र शंकरसिंह बिष्टले यो वर्ष डेढ बिघा जग्गामा पुष्पखेती गरेका छन् ।

धनगढी उपमहानगरपालिकाले दिएको पुष्पखेती सम्बन्धी तालिम लिएका बिष्ट दम्पतीले डेढ बिघा जग्गामा मखमली र सयपत्री फूल रोपेका छन् । धनगढी उपमहानगरपालीका वडा नम्बर–१२ जुगेडा डी गाउँकी आशा पन्त मिश्रले गत वर्षबाट फूल खेती गर्न थालेकी छन ।

गत वर्ष २० हजारको मखमली र ६० हजारको सयपत्री फूल बिक्री गरेकी मिश्रले यो वर्ष डेढ कट्टामा कलकत्ते, स्थानीय र कर्मा पाँच सय ५५ जातको सयपत्री फूल लगाएको बताईन । त्यसैगरी धनगढी उपमहानगरपालीका वडा नम्बर–१२ सी गाउँकी कृतिका चन्दले पनि पाँच कट्टामा दुई हजार फूलका बिरुवा लगाएकी छन् । चन्दको यो वर्ष ८ टन फूल उत्पादन गर्ने लक्ष्य रहेको छ ।

धनगढी उपमहानगरपालीका वडा नम्बर–१३ अम्बिका टोलका पुष्करसिंह बिष्टले ११ कट्टा जग्गामा पुष्पखेती गरेका छन् । बिष्टले ६ हजार बिरुवाबाट ६ टन फूल उत्पादन गर्ने लक्ष्य लिएका छन ।

उपमहानगरले गत जेठमा दिएको पुष्पखेती सम्बन्धी तालिम र अहिले उत्पादित फूलको बजारीकरण गर्न सहयोग गर्ने बताए पछि अन्य किसान जस्तै पुष्कर पनि उत्पादन भएको फूल बिक्री हुनेमा ढुक्क छन् । तिहार, विवाह, पूजा आजा सहितका कार्यका लागि धनगढीका किसानले फूलको कुनै अभाव नहुने गरी उत्पादन गरेका छन् ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन