"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

घर पुनः निर्माण गरिदिन बझाङका भूकम्प पीडितहरुको आग्रह

No data was found

Khabar Raftar

असोज २० बझाङ । भूकम्प पीडितहरुले भत्किएका घर पुनः निर्माण गरिदिन आग्रह गरेका छन् । मंगलबारको भूकम्पले बझाङका थुप्रै घर भत्किए पछि भूकम्प पीडितहरुले भत्किएका घर पुनः निर्माण गरिदिन आग्रह गरेका हुन । सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु भएर सयौं पटक भूकम्पका पराकम्प गइसकेका छन । भूकम्प गएको पाँच दिन भइसक्दा पनि पीडितहरूले सरकारको तर्फबाट कुनै पनि राहत नपाएको गुनासो गरेका छन् ।

No data was found

भूकम्प पीडित कलक धामीले खाना गाँउका दाजुभाइ सँगै मागेरै खान सकिने बताउदै घर निर्माण गर्न सक्ने अवस्था नभएकाले घर निर्माण गरिदिन आग्रह गरेका छन । प्रदेश सरकारले आवास पुनः निर्माण गरिदिए सहज हुने बताउदै धामीले भत्किएको घरमा बस्न नसकिने भएकाले अहिले छिमेकी दाईको घरमा परिवार सारेको बताए । उनले राहत सबैले दिने गरेको बताउदै बस्नका लागि घर नभएपछि घरबनाई दिन आग्रह गरे । त्यसैगरी अर्का भूकम्प पीडित दीपक धामीले भूकम्पले घर भत्किएको र बस्न नहुने भए पछि आफन्तको घरमा बस्दै आएको बताउदै सरकारले घर निर्माण गरिदिए ठूलो राहत मिल्ने बताए ।

अर्का पीडित गोपाल धामीले सम्पत्तिको नाममा भएको झुपडी भूकम्पले तहसनहस पारिदिएको बताउदै अहिले छिमेकीहरूको घरमा आश्रय लिनु परेको बताए । अस्थायी रुपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदिन उनले आग्रह गरे । भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरू समस्यामा परेको भूकम्प पीडितले बताएका छन ।

जिल्लामा भूकम्पले पुर्याएको क्षति बारे जानकारी लिई प्रधानमन्त्री तथा मन्त्रीहरूको टोली शुक्रबार राजधानी फिर्ता भएको छ । भूकम्प प्रभावित क्षेत्र निरीक्षण तथा अवलोकन गर्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु हुने परिवारलाई तत्काल २ लाख राहत दिने, आवासन दिएका छन भने घर निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने बताएका छन । भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने घोषणा गरेका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पनि भूकम्प प्रभावित क्षेत्र निरीक्षण तथा अवलोकन गर्न चार दिन देखि बझाङमै रहेका छन । शनिबार मुख्यमन्त्री शाहले बुंगल नगरपालिका वडा नंम्बर २ का भूकम्प पीडितसँग भेटघाट गरेका छन् । भेटमा मुख्यमन्त्री शाहले प्रदेश सरकारले राहतको प्याकेज ल्याउने घोषणा गरेका छन् । मुख्यमन्त्री शाहले भूकम्प प्रभावित सबै जिल्लाको अवलोकन पछि प्रदेश सरकारले पीडितहरूको माग सम्बोधन गर्ने बताए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ