"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

अखिल नेपाल महिला संघ क्रान्तीकारी सेती ब्यूरोले ज्ञापन पत्र बुझायो

Khabar Raftar

असोज १४ धनगढी । अखिल नेपाल महिला संघ क्रान्तीकारी सेती ब्यूरोले ज्ञापन पत्र बुझाएको छ । आईतबार महिला संघ क्रान्तीकारीले देश ब्यापी रुपमा ज्ञापन पत्र बुझाउने क्रम्मा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल शाह र कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई ज्ञापन पत्र बुझाएको हो । देशमा बढ्दै गएको महिला हिंसा, बलात्कार र हत्या हिंसा बढ्दै गएकोले यसको रोकथामका लागी प्रदेश सरकार र कैलाली जिल्ला प्रशमासन कार्यालयमा ज्ञापन पत्र बुझाएको अखिल नेपाल महिला संघ क्रान्तीकारीका केन्द्रिय सचिबालय सदस्य तथा सेती ब्यूरो संयोजक सुनिता सि ले जानकारी गराईन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनले नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन अखिल नेपाल महिला संघ क्रान्तीकारीको केन्दिय योजना अनुसार देशमा बढ्दै गएको महिला हिंसा र लघुवित्तका कारण महिलाहरुले आत्म हत्या गर्नुपरेकाले त्यसको अन्त्यका लागी प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको जानकारी गराईन । महिलाहरुमाथी हुने सबै खाले विभेदको अन्त्य गर्न सरकारलाई गम्भिर बनाउन देशभर ज्ञापन पत्र बुझाएको उनले जानकारी गराईन । ज्ञापन पत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल शाहले जनसरोकारका विषयमा उठाएका मागहरुको समाधानका विषयमा आफु सकारात्मक भएको बताउदै केन्द्रिय सरकारलाई समेत यस्ता विषयमा जानकारी गराएर गम्भिर बनाउने प्रतिबद्धता जाहेर गर्नु भयो ।

सत्तामा भएका बेला जनताका आधारभूत विषयमा गम्भिर भएर काम गर्ने बताउदै मुख्यमन्त्री शाहले प्रदेश सरकारले गर्नुपर्ने सबै काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । उनले यसपाली कुनै संस्था र फर्मलाई नाम किटेर बजेट नछुट्याएको बताउदै सहकारीका नाम्मा भवन निर्माणका लागी समेत रकम विनियोजन नगरेको जानकारी गराए । उनले जनसरोकारका विषयमा आएका उजुरीहरुमा कुनै सम्झौता नगरी कानुनी कारबाहीका लागी अघि बढाउन सुरक्षा निकाय र प्रशाशनलाई बोलायर निर्देशन दिएको जानकारी गराए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आफुबाट सकिने काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । उनले महिला हिंसा र बलात्कार जस्ता घटनामा मात्र नभई सबैखाले हिंसाका घटनाहरुमा प्रहरी प्रशासनले गम्भिर भएर काम गरिरहेको बताए । ज्ञापन पत्र बुझाउन अखिल नेपाल महिला संघ क्रान्तीकारीका केन्दिय सदस्य तारा परियार, कैलाली जिल्ला संयोजक शर्मीला सि लगायतका नेता कार्यकर्ताहरुको उपश्थिति रहेको थियो ।

भर्खरै

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी
सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग
कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर
अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश
सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान
उत्पानमा जोडीएको नेकपाबाट सिकौ
कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते
बझाङका १२ मध्ये सात वटा पालिकामा आफ्नै भवनबाट सेवा प्रवाह
बैतडीको सिगास गाउँपालीकालाई शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन बुझाईयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ebdfbc84-6e15-4de9-8372-f4c829b417b1-1024x473

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण

dhan1111_sPq0COtCfX_20241018104444

सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी

Messenger_creation_2AA5E838-4357-42EA-8133-89ADAF0339F2

सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग

1737727456154

कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर

wanijya-sang

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश

Rabina-Sammnit-1737693526

सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

उत्पानमा जोडीएको नेकपाबाट सिकौ

death-pt2023-05-03-08-12-06

कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते